Alag Dhar

मकवानपुरमा चुनावी तयारी : ४४ उम्मेदवार, ३ लाख १५ हजारभन्दा बढी मतदाता

मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रमा राजनीतिक गतिविधि तीव्र बनेको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडासहित बागमती, बकैया, मकवानपुरगढी, मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाका विभिन्न वडाहरूमा उम्मेदवार तथा दलहरूको प्रचार–प्रसारले चहलपहल बढाएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मुख्य प्रतिस्पर्धीका रूपमा चुनावी मैदानमा उत्रिएका छन् ।

यस्तै उज्यालो नेपाल, श्रम संस्कृति पार्टी, जसपा नेपाल, नेमकिपालगायत दलका युवा उम्मेदवारहरू पनि सक्रिय रूपमा मतदातासमक्ष पुगिरहेका छन् ।

क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट महालक्ष्मी उपाध्याय (डिना), नेकपा एमालेका रामेश्वर राणा, नेपाली कम्युनिष्ट पार्टीका विजय गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रकाश गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दीपकबहादुर सिंह, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट तेजप्रसाद उप्रेती र श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठसहित २३ जना उम्मेदवार छन् ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेशकुमार बर्तौला, नेपाली कांग्रेसका बुद्ध लामा, नेपाली कम्युनिष्ट पार्टीका लवशेर विष्ट, रास्वपाका प्रशान्त उप्रेती, राप्रपाका रामबहादुर थोकर, प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्तोष विष्ट र श्रम संस्कृति पार्टीका युनिश लामासहित २१ जना उम्मेदवार मैदानमा छन् ।

दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ४४ उम्मेदवार छन् भने तीन लाख १५ हजार ३३१ मतदाता छन् । जसमा महिला एक लाख ५३ हजार ३७६, पुरुष एक लाख ६१ हजार ९५३ र अन्य पाँचजना छन् ।

निर्वाचन कार्यालयका सूचना अधिकारी ताराप्रसाद आचार्यका अनुसार ०७९ पछि १४ हजार ६०१ मतदाता थपिएका हुन् । १६७ मतदानस्थल छन् भने ३७४ मतदान केन्द्र कायम छन् । १९ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको मकवानपुर प्रहरीले जनाएको छ ।

मुख्य समाचार

नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाण्डौ । पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकालक...
आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भन्दै ४२ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । म...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.