Alag Dhar

भारतको मेघालयमा अवैध कोइला खानी विस्फोटस् १८ जनाको मृत्यु, अन्य धेरै फसेको आशंका

मकवानपुर । उत्तर-पूर्वी भारतको मेघालय राज्यस्थित ‘इस्ट जयन्तिया हिल्स’ मा बिहीबार एउटा अवैध कोइला खानीमा भएको विस्फोटमा कम्तीमा १८ जना श्रमिकको मृत्यु भएको छ।

मृत्यु हुनेमा खोटाङका दुई नेपाली दाजु-भाइ पनि छन् । प्रहरीका अनुसार खानीभित्र प्रयोग गरिएको ‘डायनामाइट’ का कारण विस्फोट भएको हो, जसले गर्दा विषाक्त ग्यास फैलिनुका साथै सुरुङहरू भत्किएका छन्।

अहिलेसम्म १८ वटा शव निकालिएको छ भने ८ जना घाइते भएका छन्। खानीभित्र अझै ३० देखि ४० जनासम्म कामदार फसेको हुनसक्ने स्थानीयको आशंका छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २ लाख भारु र घाइतेलाई ५० हजार भारु सहयोग दिने घोषणा गरेका छन्।

यस्तै मेघालय सरकारले मृतकका परिवारलाई थप ३ लाख भारु दिने बताएको छ। मेघालयमा ‘रेट-होल’ खानी खन्न सन् २०१४ देखि नै प्रतिबन्ध लगाइएको भए पनि उच्च ज्यालाका कारण धेरै श्रमिकहरू ज्यान जोखिममा राखेर काम गरिरहेका छन्।

यस्ता श्रमिकहरूमा नेपाली र आसामी नागरिक पनि पर्दछन् ।

मुख्य समाचार

नवजीवन ज्याेति क्लब भवनको  मुख्यमन्त्री  बानियाँद्वारा उदघाट्न

नवजीवन ज्याेति क्लब भवनको  मुख्यमन्त्री  बानियाँद्वारा उदघाट्न

हेटौंडा ।  हेटौडा–६ चौघडामा रहेको नवजीवन ज्योति क्लबको आफ्नो निजि जग्गामा वागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा...
जनताकाे साथमा बागमती प्रदेश  मुख्यमन्त्री  बानियाँ

जनताकाे साथमा बागमती प्रदेश  मुख्यमन्त्री  बानियाँ

हेटाैडा । बागमती प्रदेशका मुख्यमन्त्री  माननीय  ईन्द्र बहादुर  बानियाँले  बागमती  प्रदेश सरकार सधै जनताकाे साथमा रहेकाे बताउनु भ...
एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने, ६ मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन

एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने, ६ मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन

हेटौंडा । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ । सरकारमा सहभागी एमालेका सबै ६ मन्त्रीलाई तत्काल राजीनामा दिन एम...
दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.