Alag Dhar

रामेश्वर रानालाई जिताएर विकास र स्थायित्वको यात्रालाई निरन्तरता दिने संकल्प

मकवानपुर । मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत बकैया गाउँपालिका वडा नम्बर ५ र ६ मा नेकपा (एमाले) का अगुवा कार्यकर्ताहरूको चुनावी भेला सम्पन्न भएको छ। भेलाले आगामी निर्वाचनमा नेकपा (एमाले) लाई निर्णायक जित दिलाउने लक्ष्यसहित संगठन सुदृढीकरण गर्ने निर्णय गरेका छन्।

भेलालाई सम्बोधन गर्दै नेकपा एमाले मकवानपुर–१ का उम्मेदवार रामेश्वर रानाले बकैयाका जनतासँग प्रत्यक्ष जोडिएका समस्या संसदमार्फत समाधान गरिने प्रतिबद्धता व्यक्त गरे। उनले विकासलाई पहिलो प्राथमिकतामा राख्ने, जनउत्तरदायी र स्पष्ट राजनीतिक दृष्टिकोण भएको नेतृत्व आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा बोल्दै पूर्व सांसद कृष्णप्रसाद दाहालले मकवानपुरमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा राजनीतिक स्थायित्वका क्षेत्रमा भएका उपलब्धि एमाले नेतृत्वकै कारण सम्भव भएको दाबी गरे। उनले बाँकी विकासका काम सम्पन्न गर्न पुनः एमालेको नेतृत्व आवश्यक रहेको भन्दै सूर्य चिन्हमा मतदान गरी उम्मेदवार रामेश्वर रानालाई विजयी गराउन आग्रह गरे। साथै, एमालेविरुद्ध फैलाइएका भ्रम र निराधार प्रचारको प्रतिवाद गर्न कार्यकर्तालाई जनस्तरमा सक्रिय हुन निर्देशन दिए।

त्यसैगरी, नेकपा (एमाले) मकवानपुरका जिल्ला उपाध्यक्ष तथा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले अन्य दलहरूले भ्रम सिर्जना गरेर जनतालाई अल्मल्याउने प्रयास गरिरहेको आरोप लगाए। उनले नेकपा (एमाले) मात्र विकास, स्थायित्व र राष्ट्रहितलाई प्राथमिकता दिने पार्टी भएको दाबी गर्दै सूर्य चिन्हमा मतदान गर्न आह्वान गरे। साथै, घर–घरमा पुगेर चुनावी अभियानलाई तीव्र बनाउनु पर्नेमा जोड दिए।

भेलाले बकैयामा नेकपा (एमाले) प्रतिको जनविश्वास थप मजबुत भएको निष्कर्ष निकाल्दै आगामी निर्वाचनमा रामेश्वर रानालाई विजयी गराएर विकास र स्थायित्वको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

मुख्य समाचार

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी

काभ्रे । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी (सीड...
खेतमा घाँस काटेको विवादमा आक्रमण स् ३ जना महिला गम्भीर, १ जना पक्राउ

खेतमा घाँस काटेको विवादमा आक्रमण स् ३ जना महिला गम्भीर, १ जना पक्राउ

रौतहट । रौतहटको देवानी गोनाही नगरक्षेत्र अन्तर्गत खेतमा घाँस काटेको विवादमा सोमवार राती भएको सामूहिक आक्रमणबाट ३ महिला गम्भीर घा...
ग्यासको अभावपछि अनुगमन तीव्र

ग्यासको अभावपछि अनुगमन तीव्र

मकवानपुर । बजारमा खाना पकाउने ग्यासको अभाव तथा खानेतेल, दाल, चामललगायतको भाउ बढेकोले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग...
आज कुन विदेशी मुद्राको भाउ कति ?

आज कुन विदेशी मुद्राको भाउ कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डल...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.