Alag Dhar

विगतका काम सम्झिँदै मतदाता : बकैयामा फेरि एमाले आवश्यक


मकवानपुर/ नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर-१ का उम्मेदवार रामेश्वर रानाले बकैया गाउँपालिकामा मतदाता भेटघाट तथा घरदैलो अभियान सञ्चालन गरेका छन्। घरदैलोका क्रममा स्थानीय मतदाताहरूले उत्साहपूर्वक एमाले र सूर्य चिन्हमा मतदान गरी रानालाई विजयी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

मंगलबार र बुधबार रानाले बकैयाको सबै वडाहरुमा पुगी मतदातासङ्ग प्रत्यक्ष भेट गरि आफ्नो प्रतिवद्दता सहित मत मागेका छन् । घरदैलो अभियानकै क्रममा बाराको निजगढ हुँदै बकैया–६ गवरस्थान पुगेका उम्मेदवार रानालाई स्थानीयवासीहरूले भव्य स्वागत गरेका छन्। स्थानीयको व्यापक सहभागितासहित गरिएको स्वागत कार्यक्रमले बकैयामा एमालेप्रतिको जनसमर्थन झनै बलियो बन्दै गएको छ ।

स्थानीय विकासमा रानाको ऐतिहासिक योगदानलाई स्मरण गर्दै मतदाताहरूले उहाँप्रति दृढ विश्वास व्यक्त गरेका छन्। २०५४ सालमा तत्कालीन जिल्ला विकास समितिको सभापति रहँदा रानाले बकैया–६ गवरस्थानमा जनजागृति आधारभूत विद्यालय स्थापना स्वीकृत गराएको योगदान आज पनि उदाहरणीय रूपमा स्मरण गरिन्छ।
विद्यालयका तत्कालीन अध्यक्ष टंक गोलेले जिल्लाको समग्र विकासमा निरन्तर योगदान पुर्‍याएका इमानदार, कर्मठ र विकासप्रेमी नेता रानालाई २८ वर्षपछि पुनः मतदान गर्न पाउँदा गर्व लागेको बताए। “विकासका काम देखिने गरी गर्ने नेता र पार्टी भनेकै एमाले हो,” गोलेले भने।
घरदैलो अभियानका क्रममा रानाले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि र रोजगारीका विषयमा आफ्ना स्पष्ट योजना सार्वजनिक गरेका छन्। एमाले नेतृत्वको सरकारले देशभर ठूला पूर्वाधार, सडक सञ्जाल विस्तार, शिक्षा र स्वास्थ्य संस्थाको विकास, तथा राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको रक्षा गर्दै आएको उल्लेख गर्दै उनले बकैयालाई पनि समृद्धिको केन्द्र बनाउने प्रतिबद्धता जनाए।
उनले पछिल्लो समय मुलुकले भोगेको विध्वंस, अस्थिरता र विकास अवरोधपछि अब दृढ नेतृत्वसहित राष्ट्र निर्माणको नयाँ चरण आवश्यक रहेको बताए। “अब नारा होइन, परिणाम चाहिएको छ। एमालेले मात्र स्थायित्व, विकास र राष्ट्रिय हितको रक्षा गर्न सक्छ,” रानाले भने।
स्थानीय जनउत्साह, विगतका ठोस उपलब्धि, एमालेको विकासवादी नीति र राष्ट्रियताप्रतिको स्पष्ट अडानका कारण बकैयामा एमालेको जित सुनिश्चित देखिएको स्थानीयवासीहरूको विश्वास छ।

मुख्य समाचार

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल,  पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

काठमाण्डौ । वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ । नेपाली सेनाको नेतृ...
पत्रकार खेम भण्डारी कारागारबाट रिहा

पत्रकार खेम भण्डारी कारागारबाट रिहा

कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी कारागारबाट रिहा हुनुभएको छ । उहाँले एक महिना सात दिन कैद भुक्तान गरेपछि शनिबार रिहा हु...
रुस–चीनसँग युद्ध भए साना एटम बम प्रयोग गर्ने

रुस–चीनसँग युद्ध भए साना एटम बम प्रयोग गर्ने

काठमाडौं । रुस र चीनसँग बढ्दो रणनीतिक तनावबीच अमेरिकाले आफ्नो परमाणु नीतिमा परिवर्तन गर्ने तयारी गरेको छ । अमेरिकी सञ्चारमा...
काठमाडौंका यी स्थानमा जानेछ आज र भोलि बिजुली

काठमाडौंका यी स्थानमा जानेछ आज र भोलि बिजुली

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज र भोलि विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.