२०८२ फाल्गुन १४, बिहीबार ०९:५७
२०८२ फाल्गुन १४, बिहीबार ०९:५७
मकवानपुर । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत सीमा सुरक्षा गूल्म मलंगवाको सक्रियता बढेसँगै सर्लाहीमा भन्सार छलीका सामान बरामद हुने क्रम तीव्र भएको छ। सशस्त्र प्रहरीले सर्लाहीको पर्सा–५ सीमाबाट भन्सार छली गरेर ल्याइएको करिब ३२ लाख ८३ हजार ७५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको जनाएको छ। भारतबाट अवैध रूपमा सामान ल्याइँदै गरेको सूचनाका आधारमा खटिएको टोलीले २ वटा पिकअप गाडी र ४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो। प्रस्तावित सीमा सुरक्षा गूल्म मलंगवाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लिला बहादुर कार्कीको कमाण्डमा गएको टोलीले मोटरसाइकलमार्फत सीमाबाट ल्याइएको सामान २ वटा पिकअप गाडीमा लोड गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो। उक्त कारबाहीमा सशस्त्र…