Alag Dhar

बाजुरामा एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

बाजुरा। यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्नका लागि बाजुरामा एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

जिल्लाका ७७ मतदान स्टल र ११९ मतदान केन्द्रको व्यवस्थापनका लागि सुरक्षा व्यवस्था कडा पारिएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार, परिचालन हुने सुरक्षाकर्मीमा सशस्त्रसहित प्रहरी २००, नेपाल प्रहरी ४७५, सेना ३२५ गरी कुल एक हजार सुरक्षाकर्मी रहेका छन्। साथै, एक हजार ६० निर्वाचन प्रहरी पनि खटाइएको छ।

जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले भन्नुभयो, “आगामी फागुन २१ गतेको निर्वाचन सरल, सहज र व्यवस्थित बनाउन एक हजार सुरक्षाकर्मी र एक हजार निर्वाचन प्रहरी खटाइएको हो।”

उहाँले थप्नुभयो, “जिल्लाको सबैभन्दा टाढा मतदान केन्द्र हिमाली गाउँपालिका–३ गुम्बा हो। आज बिहान त्यस मतदान केन्द्रमा मतदान सामाग्री ढुवानी गरिएको छ।”

फागुन १६ र १७ गते जिल्लाका सबै मतदान केन्द्रमा मतदान सामग्री वितरण सुरु भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृतलाई बोलाएर, सुरक्षाकर्मीको उपस्थितिमा सामग्री ढुवानी गरेको जनाएको छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार, जिल्लाका बडीमालिकाः ३,४४६, त्रिवेणीः ३,३५०, बुढीगंगाः ४,२७७, बुढीनन्दः ३,४५२, गौमूलः १,६५०, हिमालीः १,७२२, जगन्नाथः १,६८४, स्वामीकार्तिकः २,२२३, खप्तडछेडेदहः ३,१७४ गरी जम्मा झन्डै २४ हजार ४४३ घरधुरी रहेका छन्।

सन् २०७८ को जनगणना अनुसार, बाजुरामा जनसङ्ख्या एक लाख ३८ हजार ९९८ भए पनि अधिकांश कामको सिलसिलामा भारतमा रहेको बताइएको छ।

बाजुरामा यसपटक नेपाली कांग्रेसका जनकराज गिरी, एमालेका लालबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका प्रकाश शाह, रास्वपाका हेमराज थापा, राप्रपाका केशरबहादुर शाही, नेकपा ९माओवादी केन्द्र०का भूपेन्द्र सी, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का दीपक डिसी र स्वतन्त्र उम्मेदवारका उपेन्द्र शाही चुनावी मैदानमा हुनुहुन्छ ।

बाजुरामा ८७,८६१ मतदाता छन्, जसमा ४५,४२८ पुरुष, ४२,४३१ महिला र अन्य दुई जना मतदाता छन्। मतदानको व्यवस्थाका लागि ७७ वटा मतदानस्थल र ११८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अङ्गत महतले जानकारी दिनुभयो।

मुख्य समाचार

नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाण्डौ । पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकालक...
आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भन्दै ४२ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । म...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.