Alag Dhar

Day: २०८२ फाल्गुन १७, आईतवार १०:००

प्रतिनिधिसभा निर्वाचनः दुई दिनमा काठमाडौँबाट ८० हजार यात्रु बाहिरिए

प्रतिनिधिसभा निर्वाचनः दुई दिनमा काठमाडौँबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आ-आफ्नो जिल्लातार्फ मतदाता जानेक्रम जारी छ । निजी क्षेत्रको यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीबाहक बसबाट दुई दिनमा ८० हजार यात्रु बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले पछिल्लो दुई दिनमा उपत्यकाबाट ८० हजार यात्रु बाहिरिएका बताए ।
Read More
सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित

सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित

काठमाडौं । सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ । मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण उत्पन्न परिस्थिति मध्यनजर गर्दै सरकारले श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले बढ्दो तनाव मध्यनजर गर्दै ती देशमा श्रम स्वीकृति दिने कार्य स्थगित गरिएको बताए । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्दै आएको छ । इजरायल र अमेरिकाले इरानमा मिसाइल आक्रमण गरेपछि इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य क्याम्पहरूमा आक्रमण गर्दै आएको छ । इरानले युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, ओमान, कुवेत लगायत देशमा…
Read More
निर्वाचनलाई भयरहित बनाउन प्रहरी महानिरीक्षकको निर्देशन

निर्वाचनलाई भयरहित बनाउन प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिई भयरहित एवम् निष्पक्ष वातावरणमा सम्पन्न गराउन सबै जिम्मेवारीबोधका साथ कटिबद्ध हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आइतबार आयोजित निर्देशन सम्बोधनका क्रममा उहाँले निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचन पश्चात् अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयवस्तुबारे चर्चा गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले फागुन २१ गतेको निर्वाचनमा नेपाल प्रहरीले अग्रपङ्क्तिमा रहेर कार्य गर्ने उल्लेख गर्नुभयो । सो समयमा देखापर्न सक्ने सुरक्षा चुनौतीहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीतिसहित प्रहरी कर्मचारीहरू सदैव तयार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सूचना सङ्कलनलाई विशेष प्राथमिकतामा राखी सुरक्षा संवेदनशीलताको विश्लेषण गर्दै प्रभावकारी प्रहरी…
Read More
निर्वाचन नजिकिँदै गर्दा आन्तरिक उडानमा चाप

निर्वाचन नजिकिँदै गर्दा आन्तरिक उडानमा चाप

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको उडानमा हवाईयात्रुको चाप बढेको छ । आगामी बिहीबार हुने निर्वाचनको मिति नजिकिँदै गर्दा यहाँ भित्रिनेभन्दा बाहिरिने यात्रुको सङ्ख्या बढ्दै गएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौड्यालका अनुसार पछिल्लो समय आन्तरिक उडानतर्फ दैनिक १४ हजार हाराहारी यात्रुले काठमाडौँबाट ओहोरदोहोर गर्दै आएका छन् । हाल काठमाडौँबाट दैनिक करिब १३० उडानबाट भरिभराउ यात्रु बाहिरिने गरेका छन् । “निर्वाचन नजिकिएसँगै आन्तरिक विमानस्थल प्रयोग गर्ने हवाईयात्रुको ओहोरदोहोर बाक्लिँदै गएको छ,” उहाँले भन्नुभयो, “प्रतिकूल मौसमका कारण उडानमा केही ढिलाइ हुने गरे पनि यात्रुको चाप अनुसार उडान सङ्ख्यासमेत बढ्दै गएको छ…
Read More
बाजुरामा एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

बाजुरामा एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

बाजुरा। यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्नका लागि बाजुरामा एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्लाका ७७ मतदान स्टल र ११९ मतदान केन्द्रको व्यवस्थापनका लागि सुरक्षा व्यवस्था कडा पारिएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार, परिचालन हुने सुरक्षाकर्मीमा सशस्त्रसहित प्रहरी २००, नेपाल प्रहरी ४७५, सेना ३२५ गरी कुल एक हजार सुरक्षाकर्मी रहेका छन्। साथै, एक हजार ६० निर्वाचन प्रहरी पनि खटाइएको छ। जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले भन्नुभयो, “आगामी फागुन २१ गतेको निर्वाचन सरल, सहज र व्यवस्थित बनाउन एक हजार सुरक्षाकर्मी र एक हजार निर्वाचन प्रहरी…
Read More
५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको भाउ

५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको भाउ

मकवानपुर । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज एकैदिन तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको हो । भाउ बढेर सुन तोलाको ३ लाख २० हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको ३ लाख १४ हजार ९ सय रुपैयाँ रहको थियो । हिजो मध्यपूर्वका देशमा तनाव बढेसँगै त्यसको प्रभाव सुनचाँदीको भाउमा परेको हुन सक्ने व्यवसायीको अनुमान छ । आज चाँदीको भाउ तोलामा २ सय ४५ रुपैयाँले बढेको छ । चाँदी…
Read More
२० गते रातिदेखि यातायात नचल्ने

२० गते रातिदेखि यातायात नचल्ने

काठमाडौं । निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ गते साँझ पाँच बजेसम्म अत्यावश्यकबाहेकका निजी तथा सार्वजनिक सवारी सञ्चालन बन्द गरेकाले रात्रि बसहरू सञ्चालन नगर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । फागुन २० गते दिउँसो भने यातायात सञ्चालन हुने छन् । २० गते राति १२ बजेसम्म गन्तव्यमा पुग्न सक्ने रुटका बसहरू सञ्चालन हुने महासङ्घका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो । २० गतेका रात्रि बसहरूको टिकट नकाटिएको पनि उहाँले बताउनुभयो । एम्बुलेन्स, दमकल,…
Read More
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका थिए । ट्रम्पले ट्रुथ सोसलमार्फत् खामेनी मारिएको दाबी गरे पनि इरानबाट पुष्टि हुनसकेको थिएन । इरानका विदेशमन्त्री अब्बास अराघचीले त एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको दाबी गरेका थिए । तर इरान राज्यको टेलिभिजनका एक प्रस्तोताले भावुक हुँदै सर्वोच्च नेता खामेनीको मृत्यु भएको र ४० दिन शोकको घोषणा भएको जानकारी दिएको बीबीसीले जनाएको छ ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.