Alag Dhar

रिपोर्टिङका लागि प्रेस पास अनिवार्य

मकवानपुर । निर्वाचनका दिन (फागुन २१ गते) पत्रकारले सूचना तथा प्रसारण विभागद्वारा जारी भएको पास भए निर्वाध रिपोर्टिङ गर्न पाउने भएका छन् । निर्वाचन आयोगद्वारा जारी भएका पासबाट समेत अरू सञ्चारकर्मी फिल्डमा जान सक्ने छन् ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले सूचना विभागको पास भएमा सञ्चारकर्मीले निर्वाध रूपमा रिपोर्टिङ गर्न पाउने व्यवस्था गरेको जानकारी दिनुभयो ।

“निर्वाचनका दिन अत्यावश्यक सवारीसाधनबाहेक सबै बन्द हुने छन् । सञ्चारकर्मीका हकमा सूचना विभागको पास भएमा रिपोर्टिङ गर्न पाउने व्यवस्था गरिएको छ । अरू आयोगले जारी गरेका पासले पनि फिल्डमा रिपोर्टिङ गर्न सकिने छ,” उहाँले भन्नुभयो ।

यस्तै सूचना तथा प्रसारण विभागका सूचना अधिकारी मीनकुमार शर्माले सञ्चारकर्मीले गाडी र मोटरसाइकललगायतका अन्य सवारीसाधनको पास भने जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य रूपमा लिएर मात्रै चलाउन पाउने जानकारी दिनुभयो ।

“पत्रकार रिपोर्टिङमा जाँदा सूचना विभागको पास हुनु पर्छ । सवारी चलाउनेको हकमा जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएर चलाउने व्यवस्था गरिएको छ,” उहाँले भन्नुभयो ।

मुख्य समाचार

वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

काठमाण्डौ । वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ । नेपाली सेनाको नेतृत्...
एम्बुलेन्स दुर्घटनामा डेढ महिने शिशुको मृत्यु

एम्बुलेन्स दुर्घटनामा डेढ महिने शिशुको मृत्यु

दाङ । तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उ...
नेपाल स्की संघको वार्षिक बजेट ३४ लाख ८० हजार

नेपाल स्की संघको वार्षिक बजेट ३४ लाख ८० हजार

काठमाडौं । नेपाल स्की संघको सातौँ साधारणसभाबाट आर्थिक वर्ष २०८३/८४ का निम्ति ३४ लाख ८० हजार ८०० रुपैयाँको वार्षिक बजेट पारित गरि...
तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त

तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त

काठमाण्डौ । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.