Alag Dhar

आज मौसम बदली, भोलि मतदानका दिन आकाश खुल्ने

काठमाण्डौं । आज तराईमा हुस्सु लागेको छ । त्यस्तै काठमाण्डौ उपत्यका सहित पहाडी क्षेत्रमा बादल छ । अहिले नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बादल लागेको र ती क्षेत्रसहित बाँकी भागमा तुवाँलो पनि लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही ठाउँमा आज दिउँसोसम्म हुस्सु कायम रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज राति तराईका केही ठाउँमा तुँवालो रहनेछ । त्यस्तै कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । मतदानको दिन भोलि देशका धेरै ठाउँको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

भोलि पानी पर्ने सम्भावना छैन । मौसमविद् हरिप्रसाद दाहालका अनुसार उच्च क्षेत्रमा सामान्य हिमपातबाहेक मतदानलाई मौसमले उल्लेखनिय प्रभाव पार्ने अवस्था छैन । भोलि बिहीवार र शनिवार गण्डकी, बागमती र कोशी प्रदेशका एकरदुई ठाउँमा हल्का बादल लाग्न सक्छ ।

वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार गर्मीयाम शुरु हुँदै जाँदा दिउँसो तापक्रम बढ्ने र बेलुकातिर पहाडी क्षेत्रमा बादल विकसित भई छिटपुट वर्षा हुने मौसमी प्रवृत्ति देखिनसक्ने भएपनि यो हप्ता पानी पर्ने कुनै सम्भावना छैन । उहाँले पनि मतदान प्रक्रियामा मौसमले कुनै असर नपर्ने बताउनुभयो ।

मुख्य समाचार

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

हेटौंडा । बागमती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूलाई ...
रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.