Alag Dhar

Advertisement

बाँकेको दुई वटा क्षेत्रमा रास्वपा र एक वटामा एमालेका उम्मेदवार विजयी


हेटौंडा/ बाँकेको तीन वटा निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी र एउटा क्षेत्रमा नेकपा एमाले विजयी भएको छ । क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार विजयी भएका छन् भने क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

क्षेत्र नम्बर १ मा रास्वपाका सुरेश कुमार चौधरी ३२ हजार ७ सय ९२ मतका साथ विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नारायण प्रसाद गौडेलले १५ हजार ३ सय १ मत प्राप्त गर्नुभयो । तेस्रो स्थानमा रहेका एमालेका सूर्य प्रसाद ढकालले ११ हजार ९५ मत प्राप्त गरेको निर्वाचन अधिकृत सरोजनिधि वाग्लेलेजानकारी दिनुभयो ।

क्षेत्र नम्बर २ नेकपा एमालेका मोहम्मद इश्तियाक राई २४ हजार ६ सय २८ मतका साथ निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका विवेक कुमार श्रेष्ठले १८ हजार ६ सय ८२ मत प्राप्त गर्नुभयो । तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले १७ हजार ५ सय ९६ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत दिपक कुमार दाहालले जानकारी दिनुभयो ।

यस्तै क्षेत्र नम्बर ३ राष्ट्रिय स्वतन्त्र पार्टी खगेन्द्र सुनार निर्वाचित हुनुभएको छ । सुनार २९ हजार ५ सय ५१ मतका साथ विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकटतम् प्रतिद्वन्दी सुमन मल्लले १९ हजार ६ सय १५ मत प्राप्त गर्नुभयो । यस्तै तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसका उम्मेदवार अमर सिंह पुनले १३ हजार २ सय १५ मत प्राप्त गरेको निर्वाचन अधिकृत दशरथ गौतमले जानकारी दिनुभयो ।

जिल्लाको क्षेत्र नम्बर १ मा ७५ हजार १९९, क्षेत्र नम्बर २ मा ७२ हजार ६०९ र क्षेत्र नम्बर ३ मा ७४ हजार ५५८ मत गरी जिल्लाभर जम्मा २ लाख २२ हजार ३ सय ६६ मत खसेको थियो । कुल मतदाता ३ लाख ५० हजार ३ सय ७१ जना हुन् ।

Advertisement
Advertisement

समाचार

मुख्य समाचार

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

पर्सा । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार क...
ज्येष्ठ सदस्य केसीले आज पद तथा गोपनीयताको शपथ लिँदै

ज्येष्ठ सदस्य केसीले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज (बुधबार) प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई ...
तीन वटा फर्मलाई जरिवाना

तीन वटा फर्मलाई जरिवाना

काठमाडौं । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवाना गरेक...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक  बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

मकवानपुर । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार दिउँ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.