Alag Dhar

सङ्खुवासभामा एमालेका उम्मेदवारले लिए अग्रता

संखुवासभा ।  सङ्खुवाखुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका अर्जुनकुमार कार्कीले अग्रता लिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका कार्कीले ३ सय ७७ मत प्राप्त गर्दै सुरुवातमा अग्रता लिएका छन् । त्यस्तैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिङ्मा शेर्पाले ३ सय ८ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठले ९४, नेकपाकी सरिता थापाले ५८, र श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले ६८ मत पाएकी छन् । एक मात्रै निर्वाचन क्षेत्र रहेको सङ्खुवासभामा पहिलो चरणको मत परिणाम सार्वजनिक गरिएको छ । हालसम्म मादी नगरपालिका –५ को ९ सय ८७ मत गणना गरिसकिएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताए ।

जिल्ला समन्वय समितिको हलमा शनिबार दिउँसोृ १ बजे बाट मत गणनाका सुरु गरिएको छ । भौगोलिक रूपमा दुर्गम तथा विकट मानिएका ५ मतदान केन्द्रको मतपेटीका ढुवानी शनिबार बिहान मात्र सकिएको थियो । जसका कारण मत गणना समेत तीन दिनपछि सुरु गरिएको छ ।

मतगणनाका लागि निर्वाचन आयोगले मतगणनास्थलमा आवश्यकता अनुसार स्रोत साधन व्यवस्थापन गरिसकेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका जिल्लामा १५ दल र एक स्वतन्त्र चुनावी मैदानमा छन् ।

मुख्य समाचार

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताउनुभएको छ । सामाजिक ...
देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

काठमाण्डौं । आज देशका हिमाली तथा पहाडी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वि...
हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपा...
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन ज...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.