Alag Dhar

समानुपातिकतर्फ धनकुटामा एमाले पहिलो दल

धनकुटा । प्रतिनिधिसभाको एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रत्यक्ष तर्फ जितेको एमालेले समानुपातिक प्रणालीमा पनि पहिलो भएको छ ।

धनकुटामा समानुपातिकको मतगणना सम्पन्न हुँदा एमालेले १६ हजार ५६७ ल्याएर पहिलो भएको हो । धनकुटामा प्रत्यक्षतर्फ एमालेका राजेन्द्रकुमार राई १८ हजार १३२ मत ल्याएर विजयी भएका थिए ।

समानुपातिक तर्फ धनकुटामा दोस्रो स्थानमा रास्वपा, तेस्रोमा श्रम संस्कृति पार्टी, चौथोमा नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी पाँचौ भएका छन् । धनकुटामा दोस्रो स्थानमा रहेको राष्टिय स्वतन्त्र पार्टीले १४ हजार ६७९, तेस्रोमा रहेको श्रम संस्कृति पार्टीले १३ हजार ९ सय ६०, चौथोमा रहेको नेपाली कांग्रेसले ८ हजार ६५१ मत ल्याएका छन् ।

यस्तै पाँचौमा रहेको नेपाली कम्युनिष्ट पार्टीले १६३४, छैटौंमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले १२०५ र सातौंमा रहेको जनता समाजवादी पार्टी नेपालले १०३६ मत ल्याएको मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र इङ्नामले जानकारी दिए ।

धनकुटामा अन्य ११ राजनितिक दलले सय भन्दा माथि तथा हजार भन्दा कम मत र ३९ राजनितिक दलले सम मत कटाउन नसकेको मुख्य निर्वाचन अधिकृत इङ्नामले जानकारी दिए ।

सयभन्दा माथि हजारभन्दा कम मत ल्याउनेमा राष्ट्रिय परिवर्तन पार्टीले ५२४, ९नेपाल संघीय समाजवादी पार्टीले ४ सय ८७, राष्ट्रिय जनमुक्ति पार्टीले २८३, राष्ट्रिय गौरव पार्टीले २४४ र नागरिक उन्मुक्ति पार्टी नेपालले २०४ मत ल्याएका छन् ।

यस्तै सार्वभौम नागरिक पार्टीले १५५, मंगोल नेशनल अर्गनाइजेशनले १४३, नेपाल जनता संरक्षण पार्टीले १३६, नेपाल लोकतान्त्रिक पार्टीले १२९, प्रगतिशील लोकतान्त्रिक पार्टीले १२८ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १११ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले जनाएको छ ।

मुख्य समाचार

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन ज...
पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्रधान

पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्रधान

मकवानपुर । थाहा नगरपालिकास्थित पालुङ क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रमान प्रधान निर्विरोध निर्वाचित हुनु भएको छ। ...
परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतवार जेठ ३१ गतेदेखि हुने भएको छ । भर्खरै भारतको ३ दिने भ्रमण सकेर फ...
देशभर वर्षा, तापक्रम घट्यो

देशभर वर्षा, तापक्रम घट्यो

काठमाण्डौं । देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.