Alag Dhar

Day: २०८२ फाल्गुन २५, सोमबार ०८:३५

तेस्रो पटक सकारात्मक सर्किट लागेपछि आजको शेयर कारोबार रोकियो

तेस्रो पटक सकारात्मक सर्किट लागेपछि आजको शेयर कारोबार रोकियो

काठमाण्डौं । तेस्रो पटक सकारात्मक सर्किट लागेसँगै आजको शेयर कारोबार रोकिएको छ । चुनावपछि खुलेको पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्सेमा तेस्रो पटक सकारात्मक सर्किट लागेको हो । बिहीवार भएको चुनावमा रास्वपाले दुईतिहाइ नजिक मत पाएपछि स्थिर सरकारको आशामा लगानीकर्ता आकर्षित भएका हुन् । आज शेयर बजार खुलेको १ मिनेटमै ४ प्रतिशतले बढेर सर्किट ब्रेक लागेको थियो । २० मिनेट बजार बन्द भएर खुलेको १ मिनेटमै बजार थप १ प्रतिशतले बढ्यो । यो अवधिमा कुल ५ प्रतिशतले बढेपछि बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो । ४० मिनेट रोकिएर खुलेको शेयर बजार थप १ प्रतिशत बढेर कुल ६ प्रतिशतको वृद्धिपछि…
Read More
सुन र चाँदी दुवैको मूल्य घट्यो

सुन र चाँदी दुवैको मूल्य घट्यो

काठमाडौं । सुनको मूल्य ३ हजार ७०० रुपैयाँले घटेको छ । सोमबार नेपाली बजारमा सुनको मूल्य ३ लाख १३ हजार २०० रुपैयाँ कायम भएको हो । आइतबार यस्तो मूल्य ३ लाख १६ हजार ९०० रुपैयाँ थियो । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँले घटेको छ । अघिल्लो दिन ५ हजार ५ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ५ हजार ४१० रुपैयाँ कायम भएको छ ।
Read More
श्रम संस्कृति पार्टीले २ लाख ९० हजार समानुपातिक मत कटायो

श्रम संस्कृति पार्टीले २ लाख ९० हजार समानुपातिक मत कटायो

काठमाडौं । श्रम संस्कृति पार्टीले २ लाख ९० हजार समानुपातिक मत कटाएको छ । निर्वाचन आयोगको विवरणअनुसार यो पार्टीको समानुपातिक मत २ लाख ९० हजार ६११ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको ४० लाख ३१ हजार, ८४, नेपाली कांग्रेसको १३ लाख ५६ हजार ५४७, नेकपा एमालेको ११ लाख ४७ हजार ४०७ र नेपाली कम्युनिस्ट पार्टीको ५ लाख ९० हजार ३६८ मत रहेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी चैत ५ गते भित्र मत गणना सकेर समानुपातिक तर्फ निर्वाचित हुने सांसदहरूलाई प्रमाणपत्र दिने लगायतका कार्य सम्पन्न गरिसक्ने लक्ष्यसहित आयोगले काम गरिरहेको समानुपातिक तर्फकोसमानुपातिक तर्फको मतगणना सम्पन्न भएपछि…
Read More
मातृकालाई विजयी घोषणा नगरिएकोमा नेकपाको आपत्ति

मातृकालाई विजयी घोषणा नगरिएकोमा नेकपाको आपत्ति

मकवानपुर ।नेपाली कम्युनिस्ट पार्टीले धनुषा–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मातृका यादवलाई विजयी भएका प्रमाण पत्र नदिएकोमा आपत्ति जनाएको छ । सोमबार केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले विज्ञप्ति मार्फत निर्वाचन आयोगले निर्वाचन ऐन, २०७४ बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेकोमा विजयी उम्मेदवार यादवलाई प्रमाणपत्र नदिनु गम्भीर विषय भएको बताएको छ । ‘धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि हाम्रो पार्टीका उम्मेदवार श्री मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसक्दा पनि उहाँलाई आयोगले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ । निर्वाचन आयोग स्वयंले फागुन २२…
Read More
बागमतीमा रास्वपाको वर्चस्व ,३१ सिट आफ्नो पक्षमा

बागमतीमा रास्वपाको वर्चस्व ,३१ सिट आफ्नो पक्षमा

मकवानपुर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बागमती प्रदेशका ३३ वटा निर्वाचन क्षेत्रमा आएको अन्तिम परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व जित हासिल गरेको छ। प्रदेशका ३३ मध्ये ३१ निर्वाचन क्षेत्रमा विजय हासिल गर्दै रास्वपाले बागमती प्रदेशमा स्पष्ट वर्चस्व कायम गरेको हो। निर्वाचन परिणामअनुसार नेपाली कांग्रेस र नेकपाले भने एक–एक सिट मात्रै जितेका छन्। यता नेकपा एमाले भने बागमती प्रदेशमा पूर्ण रूपमा शून्यमा झरेको छ। अघिल्लो निर्वाचनमा उल्लेख्य उपस्थिति रहेको एमाले यस पटक भने बागमती प्रदेशका कुनै पनि निर्वाचन क्षेत्रमा विजय हासिल गर्न नसक्दा ठूलो धक्का लागेको विश्लेषण गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामअनुसार बागमती प्रदेशका अधिकांश जिल्लामा रास्वपाका उम्मेदवारहरूले फराकिलो…
Read More
समानुपातिकतर्फ धनकुटामा  एमाले पहिलो दल

समानुपातिकतर्फ धनकुटामा एमाले पहिलो दल

धनकुटा । प्रतिनिधिसभाको एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रत्यक्ष तर्फ जितेको एमालेले समानुपातिक प्रणालीमा पनि पहिलो भएको छ । धनकुटामा समानुपातिकको मतगणना सम्पन्न हुँदा एमालेले १६ हजार ५६७ ल्याएर पहिलो भएको हो । धनकुटामा प्रत्यक्षतर्फ एमालेका राजेन्द्रकुमार राई १८ हजार १३२ मत ल्याएर विजयी भएका थिए । समानुपातिक तर्फ धनकुटामा दोस्रो स्थानमा रास्वपा, तेस्रोमा श्रम संस्कृति पार्टी, चौथोमा नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी पाँचौ भएका छन् । धनकुटामा दोस्रो स्थानमा रहेको राष्टिय स्वतन्त्र पार्टीले १४ हजार ६७९, तेस्रोमा रहेको श्रम संस्कृति पार्टीले १३ हजार ९ सय ६०, चौथोमा रहेको नेपाली कांग्रेसले ८ हजार ६५१ मत ल्याएका छन् ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.