Alag Dhar

Advertisement

नवनिर्वाचित सांसदहरूलाई स्वर्णिमले भने– वाचापत्र दोहोर्‍याएर पढ्नुहोला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले नवनिर्वाचित सांसदहरूलाई अब जनताले दिएको ऐतिहासिक मतलाई जिम्मेवारीबोध गर्नेगरी लाग्न आग्रह गरेका छन् ।

मंगलबारबाट सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले संसद्मा ध्यान दिनुपर्ने विषयमा पुनस् अध्ययन गर्न आग्रह गरे ।

साथै, अब थिति बसाल्ने विषयमा पनि गम्भीर भएर सोच्न उनले आग्रह गरे ।

‘तपाईंहरू फेरि अध्ययनको चरणमा प्रवेश गर्नुपर्नेछ । अब फेरि ब्याक टू कलेज भनेजस्तै हो । यसमा केही आधारभूत डकुमेन्टको फ्रेमवर्क हुनेछ,’ वाग्लेले भने, ‘पार्टीकै धारणाहरू बारे पनि अध्ययन गर्नुपर्नेछ । वाचापत्र दोहोर्‍याएर तेहेर्‍याएर पढ्नुहोला ।’

उनले आफूहरू व्यक्तिगत समस्या समाधान गर्न नआएको बताउँदै प्रणाली नै बदल्ने विषयमा गम्भीर रहन आग्रह गरे ।

‘थिति बसाल्ने संकल्प, अब सिस्टम बसालौं, लथालिंग भएको अर्थ राजनीतिलाई अब सम्हाल्नुपर्नेछ । अब नेपाली जनताले गर्नसक्ने गरी म्यान्डेट दिएर पठाउनुभएको छ,’ उनले भने, ‘खाली ठूलो पार्टी मात्रै भएर बहुमत नआएको भए यति ठूलो भारी हुँदैन थियो । यसमा सजक हुनुहोला ।’

उनले अब बन्ने नयाँ सरकारका कामहरूलाई याद गर्दै वाचडगको भूमिका निर्वाचन गर्न पनि नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिए ।

‘हामी विधायक सांसदको भूमिकामा छौं । हामीले गर्ने मूल काम के हो रु सहायक काम के हो रु भन्ने बुझ्नुपर्छ । हामी कानुन बनाउन आएका हौं,’ वाग्लेले भने, ‘सरकारको कामको अनुगमन गर्ने वाचडग पनि हो । आ–आफ्ना निर्वाचन क्षेत्रका जनताका गुनासालाई बुलन्द ढंगले उठाउनुपर्ने हुन्छ ।’

जनतामा भएको विकास निर्माणको हुटहुटीलाई समातेर अघि बढ्नुपर्ने तथ्यलाई नबिर्सन आग्रह पनि गरे । ‘विकास निर्माणमा क्याच अप गर्नुपर्ने छ । विकास निर्माणको जुन हुटहुटी छ । त्यसमा पनि ध्यान दिनुपर्छ,’ वाग्लेले भनेका छन् ।

Advertisement
Advertisement

समाचार

मुख्य समाचार

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

पर्सा । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार क...
ज्येष्ठ सदस्य केसीले आज पद तथा गोपनीयताको शपथ लिँदै

ज्येष्ठ सदस्य केसीले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज (बुधबार) प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई ...
तीन वटा फर्मलाई जरिवाना

तीन वटा फर्मलाई जरिवाना

काठमाडौं । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवाना गरेक...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक  बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

मकवानपुर । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार दिउँ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.