Alag Dhar

आईएसओमा जाँदै भुटनदेवी मावि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयले भौतिक तथा शैक्षिक स्तरलाई अन्तर्राष्ट्रिय गुणस्तरमा लैजाने भएको छ । भुटनदेवी मावि र ग्लोबल क्वालिटी काउन्सिल, नेपालका प्रतिनिधिबीच आइतबार एक कार्यक्रममा आईएसओमा जाने सम्झौता भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देल, विद्यालयका प्रअ सूर्यप्रसाद घिमिरे र काउन्सिलका प्रतिनिधि सुदीप शर्माले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावक संघ र विद्यालय अनुगमन समितिका सदस्यहरूलाई अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड र सूचकबारे अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको विद्यालयका प्रअ सूर्यप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

एक वर्षभित्र अर्थात् आगामी २०८३ चैत मसान्तभित्र अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण गरिसक्ने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले बताउनुभयो । उहाँले भौतिक संरचनाको गुणस्तरीय व्यवस्थापन र शैक्षिक वातावरणलाई अन्तर्राष्ट्रिय स्तरको मापदण्डअनुसार कायम गरिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

विद्यालयको प्रारम्भिक वस्तुस्थितिको परीक्षण तथा आगामी तीनवर्षे शैक्षिक गुणस्तर ढाँचा तयार गरिएको ग्लोबल क्वालिटी काउन्सिल, नेपालका प्रतिनिधि सुदीप शर्माले जानकारी दिनुभयो । उहाँले सामुदायिक विद्यालयतर्फ मकवानपुरकै पहिलो अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण प्राप्त गर्ने विद्यालय भुटनदेवी मावि हुनेसमेत बताउनुभयो ।

 

विभिन्न चरणमा भएको छलफल तथा अन्तरक्रियामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देल, विद्यालयका प्रअ सूर्यप्रसाद घिमिरे, ग्लोबल क्वालिटी काउन्सिल, नेपालका प्रतिनिधि सुदीप शर्मा, शिक्षक तथा अभिभावक संघ, नेपालका अध्यक्ष निकेशकृष्ण श्रेष्ठ, विद्यालय अनुगमन समितिका संयोजक इन्द्रप्रसाद नेपाल, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारी, महासचिव शिवहरिलगायत विभिन्न समितिका सदस्यहरूबीचको छलफलपछि अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरणमा जाने सम्झौता गरिएको विद्यालयका सहप्रअ तथा विद्यालय आईएसओ संयोजक वेदराज कोईरालाले स्पष्ट पार्नुभयो ।

मुख्य समाचार

बागमती प्रदेश विश्वविद्यालयको पहिलो सेमेष्टरको नतिजा सात दिनमै

बागमती प्रदेश विश्वविद्यालयको पहिलो सेमेष्टरको नतिजा सात दिनमै

हेटौंडा। बागमती प्रदेश विश्वविद्यालयले परीक्षा सम्पन्न भएको एक सातामै पहिलो सेमेष्टरको नतिजा सार्वजनिक गर्दै समयमै परीक्षाफल प्रका...
हेटौंडा–काठमाडौं छोटो दूरीको सडक १० दिन थप बन्द

हेटौंडा–काठमाडौं छोटो दूरीको सडक १० दिन थप बन्द

हेटौंडा । हेटौंडा र काठमाडौं जोड्ने छोटो दूरीको हेटौंडा–कुलेखानी–फाखेल सडकको बन्द अवधि थपिएको छ। यसअघि असार १५ गतेसम्म पूर्ण रूपमा...
हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.