२०८२ चैत्र ९, सोमबार ०५:३२
२०८२ चैत्र ९, सोमबार ०५:३२
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयले भौतिक तथा शैक्षिक स्तरलाई अन्तर्राष्ट्रिय गुणस्तरमा लैजाने भएको छ । भुटनदेवी मावि र ग्लोबल क्वालिटी काउन्सिल, नेपालका प्रतिनिधिबीच आइतबार एक कार्यक्रममा आईएसओमा जाने सम्झौता भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देल, विद्यालयका प्रअ सूर्यप्रसाद घिमिरे र काउन्सिलका प्रतिनिधि सुदीप शर्माले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावक संघ र विद्यालय अनुगमन समितिका सदस्यहरूलाई अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड र सूचकबारे अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको विद्यालयका प्रअ सूर्यप्रसाद घिमिरेले जानकारी दिनुभयो । एक वर्षभित्र अर्थात् आगामी २०८३ चैत मसान्तभित्र अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण गरिसक्ने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन…