Alag Dhar

कांग्रेस केन्द्रीय समितिबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाले पदबाट दिनुभएको राजीनामा अस्वीकृत गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको हिजो केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बसेको बैठकले सभापति थापाले यही चैत ३ गते पदबाट दिनुभएको राजीनामाका सम्बन्धमा छलफल गरी अस्वीकृत गर्ने निर्णय गरेको हो ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालकाअनुसार पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने महत्त्वपूर्ण जिम्मेवारीलाई समेत मध्यनजर गरी राजीनामा अस्वीकृत गर्ने निर्णय गरिएको हो ।

बैठकले गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा पार्टीले प्राप्त गरेको परिणामको जिम्मेवारी केवल एक व्यक्तिका रूपमा पार्टी सभापति र विशेष महाधिवेशनबाट चयन भई केवल ५० दिन जिम्मेवारी सम्हालेको केन्द्रीय कार्यसमितिको मात्र नभएर समग्र पार्टीको साझा जिम्मेवारीको विषय रहेको निष्कर्ष निकालेको छ ।

देशको अहिलेको परिस्थितिमा कांग्रेस सभापतिका रूपमा थापाले निर्वाह गर्नुपर्ने भूमिकाको आवश्यकता टड्कारो देखिएको र विशेष महाधिवेशनले सुम्पेको दायित्व पूर्ण नभइसकेको वर्तमान अवस्थामा सभापति थापालाई पूर्ववत् जिम्मेवारीमा फर्किन आग्रह गर्दै बैठकले सर्वसम्मतिबाट राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो ।

कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा कमी आउने सम्भावना रहेकाले सभापति गगनकुमार थापाले दिएको राजीनामा अस्वीकृत भएको बताउनुभएको छ ।

कांग्रेस केन्द्रीय समितिले चुनावमा पराजय हुनुका प्रमुख कारणहरू संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको भन्दै वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको ठहर गरेको छ ।

त्यस्तै राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएको, सामूहिक जिम्मेवारीको सिद्धान्त तथा पार्टी नेतृत्वको स्थायित्वको आवश्यकताको सिद्धान्तमा आधारित रहेको, विशेष महाअधिवेशनपछि प्रारम्भ गरिएको सुधार कार्यक्रम कार्यान्वयनको निरन्तरता आवश्यक रहेको, पार्टीलाई आउँदो १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकता भएकाले केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबाट सर्वसम्मत निर्णय भएकोले राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको पनि प्रवक्ता चालिसेले बताउनुभयो ।

बैठकले पार्टी उपसभापति विश्वप्रकाश शर्माको समीक्षा प्रतिवेदनलाई प्राप्त सुझावसमेत समावेश गरी परिमार्जनसहित पारित गरेको छ ।

यसैगरी बैठकले मध्यपूर्वमा चर्किएको युद्ध चाँडै अन्त्य हुने अपेक्षा गर्दै युद्धग्रस्त क्षेत्रमा लाखौँ नेपालीको सुरक्षाका लागि गम्भीरतापूर्वक सक्रिय हुन सरकारको ध्यानाकर्षण गराएको छ । यस्तै हर्मुज जलमार्गको बन्दर अब्बास बन्दरगाहमा इरानी सेनाको नियन्त्रणमा परेका नेपाली नागरिक अमृत झालाई मुक्त गरी सकुशल स्वदेश ल्याउन कांग्रेसले सरकारसँग माग गरेको छ ।

गएको भदौ २३ र २४ गते भएको नवयुवा प्रदर्शनका घटनाहरूबारे छानिबन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न सरकारसँग बैठकले माग गरेको छ ।

यसैगरी पेट्रोलियम पदार्थमा गरिएको अत्यधिक मूल्यवृद्धि तथा नियमित आपूर्ति भइरहेको खाना पकाउने एलपी ग्यास वितरणमा बजारमा कृत्रिम अभाव सिर्जना गरिएकातर्फ कांग्रेसले ध्यानाकर्षण गराउँदै पेट्रोलियम पदार्थको मूल्य घटाउन र एलपी ग्यासको सहज आपूर्तिको व्यवस्थाका लागि पनि माग गरेको छ ।

मुख्य समाचार

राष्ट्रिय युवा सङ्घद्वारा स्थापना दिवसको अवसरमा संस्कृत वेद विद्यालयमा खाद्यान्न सहयोग

राष्ट्रिय युवा सङ्घद्वारा स्थापना दिवसको अवसरमा संस्कृत वेद विद्यालयमा खाद्यान्न सहयोग

हेटौंडा । राष्ट्रिय युवा सङ्घले स्थापना दिवसको अवसरमा जिल्ला युवा सङ्घ नेपाल मकवानपुर ले हेटौँडा–१० स्थित संस्कृत वेद विद्यालय...
हेटाैँडा ४ ले विध्यार्थीलाई शनिबार र आईतबारकाे छुट्टीमा सीप सिकाउने

हेटाैँडा ४ ले विध्यार्थीलाई शनिबार र आईतबारकाे छुट्टीमा सीप सिकाउने

  हेटाैँडा/हेटाैँडा उपमहानगरपालिका ४ नं. वडाले आफ्नाे वडाभित्रका सामुदायिक तथा संस्थागत विध्यालयका विध्यार्थीलाई विभिन...
आज केही ठाउँमा हावाहुरीसहित पानी पर्ने

आज केही ठाउँमा हावाहुरीसहित पानी पर्ने

काठमाण्डौं । आज पनि देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका ...
विभिन्न राजनीतिक दल र विज्ञबीच संविधान संशोधनबारे छलफल

विभिन्न राजनीतिक दल र विज्ञबीच संविधान संशोधनबारे छलफल

काठमाडौँ।  संविधान संशोधनका विषयमा संविधान संशोधन कार्यदल तथा विभिन्न राजनीतिक दल र विज्ञबीच छलफल भएको छ । ‘फेडरालिजम एण्ड लोकला...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.