Alag Dhar

Day: २०८२ चैत्र १६, सोमबार ०६:४५

मौसम चेतावनी: भोलि पहाडी क्षेत्रमा हावाहुरी र असिना पर्ने सम्भावना

मौसम चेतावनी: भोलि पहाडी क्षेत्रमा हावाहुरी र असिना पर्ने सम्भावना

काठमाण्डौं।देशका पहाडी तथा हिमाली क्षेत्रमा भोलि मंगलबार मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशीसहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही ठाउँ तथा बाँकी तराईका एकरदुई ठाउँमा पनि हावाहुरीरमेघगर्जनरचट्याङ्ग र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेको छ । आज देशका पहाडी क्षेत्रका थोरै ठाउमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । त्यस्तै हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । आजभन्दा भोलि तुलनात्मकरुपमा अलि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
Read More
मन्त्रिपरिषद्को बैठक बस्दै आज

मन्त्रिपरिषद्को बैठक बस्दै आज

मकवानपुर । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० को नेतृत्वमा सरकार गठन भएपछि आज दोस्रो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । शाहले शुक्रबार पदभार ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले नवयुवा आन्दोलनमा भएका घटना सम्बधी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने तथा शासकीय सुधार सम्बन्धी १०० कार्यसूची स्वीकृत गरेको थियो । ती कार्यसूचीको विवरण अस्ति शनिवार सार्वजनिक गरिएको छ ।
Read More
तीन गाडी एकआपसमा जुध्दा दर्जन घाइते

तीन गाडी एकआपसमा जुध्दा दर्जन घाइते

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । गैँडाकोट नगरपालिका–९ हनुमान मन्दिर नजिक आज बिहान नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको लुप्र०१–००१ख ०९१० नम्बरको बसले गैँडाकोटबाट भेडाबारीतर्फ जाँदै गरेको बाप्र०१–०२८च ५००४ नम्बरको पिकअप भ्यान र सोही दिशातर्फ जाँदै गरेको बा३ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । दुर्घटनामा ट्रक चालक रामेछाप खाँडादेवी गाउँपालिका–४ निवासी ३२ वर्षीय इन्द्र तामाङ, पिकअप चालक चितवन भरतपुर महानगरपालिका–१२ निवासी ३३ वर्षीय दर्शन काप्री र बस चालक बाँके नेपालगन्ज उपमहानगरपालिका–२० निवासी ४१ वर्षीय मोहनसिंह बलामी मगर घाइते भएको प्रहरी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.