Alag Dhar

Day: २०८३ बैशाख २, बुधबार १०:०२

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्थाको संस्थागत विकास उपसमिति संयोजकत्वमा सञ्चालन गरिएको कार्यक्रममा कुल १७ जना रक्तदाताले उत्साहपूर्वक रक्तदान गरेका थिए। कार्यक्रमले सामाजिक उत्तरदायित्व वहन गर्दै मानव जीवन बचाउन महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ। साथै, सोही अवसरमा नव वर्ष २०८३ सालको भित्तेपात्रो पनि सार्वजनिक तथा उपस्थितलाई वितरण गरिएको थियो। संस्थाका अध्यक्ष विजय कुमार श्रेष्ठले सहभागीहरूलाई भित्तेपात्रो वितरण गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो।
Read More
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउने सरकारले तयारी गरेपछि आर्थिक सङ्कटका कारण कहिले बन्द हुने र कहिले खुल्ने नियति सो उद्योगले भोग्दै आएको छ । सरकारले बन्द उद्योग सञ्चालन गर्ने घोषणा गरेकाले विभिन्न समस्यासँग जुध्दै आएको हेटौँडा उद्योग पनि नियमित र पूर्ण क्षमतामा सञ्चालन गर्न माग गरिएको हो । सिमेन्ट उद्योगलाई पुनः नियमित कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सांसद प्रकाश गौतमले प्राथमिकता दिएका छन् । हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधान गरी नियमित सञ्चालनका लागि सङ्घीय र बागमती प्रदेश सरकारसँग पहल गरिरहेको उनले बताएका छन्…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.