हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्थाको संस्थागत विकास उपसमिति संयोजकत्वमा सञ्चालन गरिएको कार्यक्रममा कुल १७ जना रक्तदाताले उत्साहपूर्वक रक्तदान गरेका थिए।

कार्यक्रमले सामाजिक उत्तरदायित्व वहन गर्दै मानव जीवन बचाउन महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ। साथै, सोही अवसरमा नव वर्ष २०८३ सालको भित्तेपात्रो पनि सार्वजनिक तथा उपस्थितलाई वितरण गरिएको थियो। संस्थाका अध्यक्ष विजय कुमार श्रेष्ठले सहभागीहरूलाई भित्तेपात्रो वितरण गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो।
