Alag Dhar

उद्योग–पर्यटन–वन मन्त्रालय एकै छातामुनि ल्याउने योजना

हेटौंडा । बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिको बैठक हेटौंडामा सम्पन्न भएको छ। समितिका सभापति आनन्द कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले प्रदेशका विभिन्न नीतिगत तथा कार्यान्वयन सम्बन्धी विषयमा महत्वपूर्ण छलफल तथा निर्णय गरेको छ।

बैठकमा प्रदेशको वन तथा वातावरण मन्त्रालयले हालसम्म गरेका काम तथा प्रगतिको विषयमा विस्तृत जानकारी लिइएको थियो। मन्त्रालयको कार्यसम्पादन, उपलब्धि र चुनौतीबारे समीक्षा गर्दै आगामी दिनमा कामलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको समितिले जनाएको छ।

यसैगरी बैठकले अन्तरप्रदेश अनुभव आदान–प्रदान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। अन्य प्रदेशसँगको सहकार्य र सिकाइ आदान–प्रदानमार्फत प्रदेशस्तरीय कामलाई अझ व्यवस्थित बनाउने उद्देश्य राखिएको छ।

प्रदेशस्तरमा हस्तकला ग्राम निर्माणको प्रगति अवस्थाबारे पनि बैठकमा छलफल गरिएको थियो। उक्त योजनालाई कसरी अघि बढाउने र प्रभावकारी कार्यान्वयन गर्ने भन्ने विषयमा सदस्यहरुले धारणा राखेका थिए।

बैठकले प्रदेश सरकारको संरचना सुदृढ बनाउने सन्दर्भमा मन्त्रालय संख्या घटाउँदा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई एउटै मन्त्रालयका रूपमा गाभ्न सुझाव दिएको छ। समितिका सभापति श्रेष्ठका अनुसार संघीयतालाई अझ सुदृढ र प्रभावकारी बनाउन मन्त्रालय गाभ्ने अवधारणा अघि सारिएको हो।

त्यसैगरी हालको बढ्दो महँगीलाई ध्यानमा राख्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन उद्योग मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ। उपभोक्ता हित संरक्षण र मूल्य नियन्त्रणका लागि अनुगमनलाई कडाइका साथ अघि बढाउनुपर्नेमा बैठकले जोड दिएको छ।

मुख्य समाचार

रास्वपा बागमती प्रदेश अधिवशेन : प्रतिनिधिको विषयमा विवाद, निर्वाचन तालिका अन्योलमा

रास्वपा बागमती प्रदेश अधिवशेन : प्रतिनिधिको विषयमा विवाद, निर्वाचन तालिका अन्योलमा

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको अधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका प्रभावित हुने भएको छ । अधिव...
सुधन र महावीरले लिए शपथ

सुधन र महावीरले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गृहमा सुधन गुरुङ र ...
गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै : महावीर पुन विज्ञान, प्रविधि मन्त्री बन्दै

गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै : महावीर पुन विज्ञान, प्रविधि मन्त्री बन्दै

काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सांसद सुधन गुरुङलाई गृहमन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौड...
एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण असोजमा हुने

एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण असोजमा हुने

काठमाण्डौं । एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण आउँदो असोजमा आयोजना हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्सका अनुसार प्रतियो...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.