Alag Dhar

Day: २०८३ बैशाख १५, मंगलवार ०८:०२

वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्ज । वीरगञ्जको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथ विस्तार कार्यलाई व्यवस्थित बनाउन आजदेखि सडकको केन्द्रविन्दु निर्धारण गर्ने प्रक्रिया सुरु गरिएको छ । सोमबार बसेको सरोकारवालाहरूको संयुक्त बैठकले सडक विस्तारलाई थप स्पष्ट र प्रभावकारी बनाउन आधिकारिक नक्साअनुसार केन्द्रविन्दु पहिचान गरी सो स्थानमा स्टिलका किल्ला गाड्ने निर्णय गरेको हो । महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय हेटौँडा र नापी कार्यालय पर्साका प्रतिनिधिहरू सहभागी थिए । यसअघि सडक विस्तारका क्रममा केही संरचना हटाइए पनि सडकको वास्तविक केन्द्रभाग स्पष्ट नभएकाले स्थानीयवासी अन्योलमा परेका थिए । ‘कहाँसम्म संरचना हटाउने रु’ भन्ने जिज्ञासा लामो समयदेखि उठ्दै आएको थियो…
Read More
स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय तान्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्री निशा मेहताले दुरुपयोग गरिएका सबै सवारी साधन मन्त्रालयमा ल्याउन निर्देशन दिएपछि दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय फिर्ता ल्याउन थालिएको हो । सवारी साधनको सुविधा नपाउने कर्मचारीहरूले समेत विभिन्न बहानामा सरकारी गाडी प्रयोग गर्दै आएको जानकारी प्राप्त भएपछि मन्त्री मेहताले निर्देशन दिएकी थिइन् । फिर्ता ल्याइएका सवारी साधन हाल मन्त्रालयमै राखिएको छ । गाडीहरू आवश्यकताका आधारमा कानुन बमोजिम मन्त्रालयका कर्मचारीले प्रयोग गर्ने छन् । कानुन अनुसार, सह(सचिव र सो भन्दा माथिका पदाधिकारीहरूले मात्रै सरकारी सवारी साधन प्रयोग गर्ने व्यवस्था…
Read More
आज सुनचाँदीको भाउ घट्यो

आज सुनचाँदीको भाउ घट्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको हो । हिजो तोलामा ३ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा ३ हजार रुपैयाँले घटेर तोलाको २ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साथै चाँदीको भाउ पनि आज तोलामा ५० रुपैयाँले घटेको छ । हिजो तोलाको ५ हजार ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज  तोलाको ४ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Read More
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि शुरू

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि शुरू

काठमाण्डौं । सरकारको निर्णयअनुसार नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना कार्यक्रम औपचारिक रूपमा आजदेखि शुरू हुँदैछ । यस अघि सरकारले वैशाख १५ अर्थात् आजदेखि भर्ना र २१ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय र परिपत्र गरेको थियो । निर्णयअनुसार औपचारिक रूपमा आजदेखि विद्यार्थी भर्ना कार्यक्रम शुरू हुन लागेको हो । विगतमा सरकारले हरेक वर्ष वैशाख २ देखि नयाँ शैक्षिक सत्र शुरू गरेर भर्ना अभियान चलाउँथ्यो भने निजी विद्यालयले त्यसभन्दा पहिलेदेखि नै शैक्षिक सत्र शुरू गराउँदै आएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णयका साथै चैत २३ देखि सरकारी कार्यालय तथा…
Read More
आज र भोलि ठूलो पानी पर्ने सम्भावना : सावधानी अपनाउन आग्रह

आज र भोलि ठूलो पानी पर्ने सम्भावना : सावधानी अपनाउन आग्रह

काठमाण्डौं । आज र भोलि कोशी, बाग्मती र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले पनि कास्की, लमजुङ, गोरखा, धादिङसहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टामा कास्कीको लुम्लेमा झण्डै १८ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै कर्णाली, बागमती र कोशी प्रदेशका पनि एकरदुई ठाउँमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो गण्डकीसहित कोशी, बागमती प्रदेशको केही ठाउँ तथा मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भागका थोरै ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्का…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.