Alag Dhar

काठमाडौंका स्वयम्भू र बालाजु क्षेत्रमा संरचना भत्काउने कार्य सुरु

काठमाण्डौं । सरकारले अतिक्रमित क्षेत्रका संरचना तथा घरटहरा हटाउने अभियानलाई आज पनि निरन्तरता दिएको छ ।

अभियानको दोस्रो चरण अन्तर्गत आज बिहान स्वयम्भू, बालाजु र माछापोखरी आसपासका नदी किनार र अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाइएको छ । यसअघि हिजो बल्खु, वंशीघाट, गोंगबुलगायतमा विभिन्न ठाउँमा डोजर चलाएर खाली गरिएको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अस्ति बिहीबार देशभरका सबै पालिकालाई पत्र लेख्दै पहिला सुकुम्वासी पहिचान, व्यवस्थापन अनि मात्र अतिक्रमण हटाउन निर्देशन दिएको थियो । तर काठमाण्डौमा अभियान निरन्तर छ ।

यसअघि अभियानको पहिलो चरणमा थापाथली, सिनामङ्गल–गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गरेर त्यहाँ बसोबास गर्दै आएका नागरिकलाई स्थानान्तरण गरिएको छ ।

मुख्य समाचार

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी ...
वाग्मतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध दुई रिट, आजै सुनुवाइ

वाग्मतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध दुई रिट, आजै सुनुवाइ

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालत पाटन, हेटौँडा इजलासमा दायर दुईवटा ...
बाग्मतीका ३ मन्त्रीको पद रिक्त गर्न लिङदेनले पठाए प्रदेश सभा र निर्वाचन आयोगलाई पत्र

बाग्मतीका ३ मन्त्रीको पद रिक्त गर्न लिङदेनले पठाए प्रदेश सभा र निर्वाचन आयोगलाई पत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश सरकारमा सहभागी भएका आफ्नो पार्टीका तीन मन्त्रीलाई पदमुक्त गर...
गरिमा हत्या आरोपमा १४ वर्षका अर्का एक बालक पक्राउ

गरिमा हत्या आरोपमा १४ वर्षका अर्का एक बालक पक्राउ

बारा ।  बाराको जितपुरसिमरा उपमहानगरपालिका १ कि बालिका गरिमा चौधरीको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा अर्का एक बालक पक्राउ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.