२०८३ बैशाख १९, शनिबार १५:४०
२०८३ बैशाख १९, शनिबार १५:४०
हेटौंडा — नेकपा एमाले बागमती प्रदेश संसदीय दलले हालका दिनहरूमा सुकुम्बासी बस्तीहरूमा भइरहेको डोजर कारबाहीप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको कदमको कडा शब्दमा आलोचना गरेको छ। दलका नेता जेएन थपलियाद्वारा सार्वजनिक विज्ञप्तिमा वर्तमान बालेन्द्र सरकारले पर्याप्त पूर्वसूचना बिना नै भूमिहीन सुकुम्बासीका बस्तीहरूमा डोजर चलाएको आरोप लगाइएको छ। विज्ञप्तिमा कतिपय स्थानमा केवल १–२ दिन, केही अवस्थामा त १ घण्टामात्र सूचना दिएर घर भत्काइएको उल्लेख गर्दै यसले नागरिकलाई जबरजस्ती आवासविहीन बनाएको भनिएको छ। सरकारले व्यवस्थापनका लागि तोकेका दशरथ रङ्गशाला लगायतका स्थानहरूमा समेत बसोबास र खानपानको उचित व्यवस्था नगरी अमानवीय व्यवहार गरेको आरोप एमालेको छ। यस अवस्थाले बालबालिका, वृद्धवृद्धा, सुत्केरी महिला तथा बिरामीहरू थप…