Alag Dhar

एसइई नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट सार्वजनिक हुने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १० परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा एसएमएस, आईभीआर तथा वेबसाइटमार्फत सार्वजनिक हुने जनाएको छ ।

कार्यालयले जारी गरेको सूचनाअनुसार एसइई २०८२ को नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा विभिन्न सेवा प्रदायक संस्थामार्फत मोबाइल एसएमएस, आईभीआर सेवा र वेबसाइटबाट हेर्न सकिने व्यवस्था गरिएको हो ।

नतिजा हेर्नका लागि नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजि प्राली ३५००१ र एम्बिसन गुरु प्रालि ३१०६१ मा एसएमएस/यूएसएसडी तथा आईभीआर सेवा उपलब्ध गराइनेछ । साथै अन्य प्राविधिक साझेदारमार्फत विभिन्न वेबसाइट तथा मोबाइल एपमार्फत पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।

बोर्डका अनुसार नतिजा प्रकाशनपछि विद्यार्थीले एसएमएस/आईभीआर सेवा, आधिकारिक वेबसाइट, मोबाइल एप तथा अन्य डिजिटल प्लेटफर्म प्रयोग गर्न सक्नेछन् ।

परीक्षा नियन्त्रण कार्यालयले नतिजा हेर्दा आधिकारिक स्रोत मात्र प्रयोग गर्न र गलत सूचनाबाट सचेत रहन विद्यार्थी तथा अभिभावकलाई आग्रह गरेको छ ।

एसइई २०८२ को नतिजा सार्वजनिक भएपछि देशभरका लाखौं विद्यार्थीले अनलाइन तथा मोबाइल माध्यमबाट सहजै नतिजा हेर्न सक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

मुख्य समाचार

अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

काठमाण्डाै । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य पनि बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण...
सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाण्डौ । राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ...
सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

काठमाण्डौ  । कोशी र मधेश प्रदेशबाहेक देशका सबैजसो प्रदेशमा गएराति पानी परेको छ । यी क्षेत्रको विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर...
टिकटकमा लोकदोहोरीको भिडन्त, प्रथम हुनेलाई ३१ हजार

टिकटकमा लोकदोहोरीको भिडन्त, प्रथम हुनेलाई ३१ हजार

हेटौँडा । पछिल्लो समय लोकप्रिय सामाजिक सञ्जाल टिकटकमार्फत प्रतिस्पर्धात्मक लोकदोहोरी प्रतियोगिता सञ्चालन भइरहेको छ। ‘अग्रजलाई सम...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.