Alag Dhar

भीम विराग प्रतिष्ठानद्वारा विभिन्न विधाका ७ जना सम्मानित

हेटौंडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले विभिन्न विधाका ७ जना व्यक्तित्व सहित एक संस्थालाई सम्मान गरेको छ ।
प्रतिष्ठानको २३ वार्षिक साधारणसभा एवम् ८ औं अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । १५ हजार रुपैयाँ राशीको ‘तुलसीमाया–शिवकुमारी सृजनशील नारी पुरस्कार’ मकवानपुरकी हस्तकला प्रशिक्षक रविना श्रेष्ठ प्रदान गरिएको छ । यस्तै, १० हजार रुपैयाँ राशीको ‘भीम–मथुरा बाल प्रतिभा पुरस्कार’ बाट सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीमा अध्ययनरत् उदीयमान गायिका अक्सा खातुनलाई सम्मान गरिएको छ ।
१५ हजार रुपैयाँ राशीको ‘शिला नारी पुरस्कार’ मकवानपुरकी सङ्गीता थापा मगर लाई प्रदान गर्दा २० हजार रुपैयाँ राशीको ‘रामकृष्ण बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार’ लोकगायक राजु परियारलाई समर्पित गरिएको छ । यसैगरी १५ हजार रुपैयाँ राशीको ‘चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार’ साहित्य संगम मकवानपुरलाई प्रदान गरिएको छ । १० हजार रुपैयाँ राशीको ‘मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार’ बाट स्वास्थ्यकर्मी राजु गुरुङ सम्मानित हुनुभएको छ ।

त्यस्तै, १० हजार रुपैयाँ राशीको ‘अजित सेन गुप्ता भित्र क्षमता पुरस्कार’ थाहा नगरपालिकाका चित्रकार अमिर भोम्जनलाई र १० हजार रुपैयाँ राशीको ‘इन्द्रकुमार कोजू स्मृति पुरस्कार’ ज्ञानोदय बालवाटिका आवासीय मा.वि.मा अध्ययनरत् अप्सना उप्रेती प्रदान गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम भएको हो । वरिष्ठ कला साधक भीम विरागको सम्मानमा २०५९ सालमा स्थापना गरिएको प्रतिष्ठानले देश तथा विदेशमा रहेर नेपाली वाङ्मय क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएका स्रष्टा तथा सर्जकलाई सम्मानित गर्दै आएको छ ।
त्यसैगरी अधिवेशनले ३ वर्षे कार्यकालको लागि पुनः केशवलाल श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा श्यामकुमार बानियाँ, महासचिवमा माधवबहादुर पोखरेल, कोषाध्यक्षमा दिनेश सुवेदी र सचिवमा आशा ढकाल चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा गहन चौलागाईं, बालकृष्ण चौलागाईं, पदमलाल श्रेष्ठ, शर्मिला श्रेष्ठ, अन्जन दाहाल, प्रह्लाद मिश्र र गोपिनी गौतम रहनुभएको छ ।

मुख्य समाचार

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रह...
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.