Alag Dhar

गर्मी बढेसँगै तराई क्षेत्रमा जनजीवन प्रभावित

काठमाण्डौं । केही दिनयता तराईमा गर्मी अत्यधिक बढेको छ । पश्चिम तराईमा गर्मी उच्च हुँदै गएको छ । सुदूरपश्चिम र लुम्बिनी क्षेत्रका तराई भागमा आज पनि तातो दिन हुनेछ । ती क्षेत्रमा बढेको गर्मीले जनजीवन प्रभावित हुन थालेको छ ।

अत्यधिक गर्मीबाट जोगिन दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का कपडा लगाउन तथा बालबालिका, वृद्ध वृद्धा र बिरामीको विशेष ख्याल राख्न विज्ञले आग्रह गरेका छन् । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।

देशका पहाडी र हिमाली भागमा साधरणतया बादल लागेको छ, भने बाँकी तराई भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भागमा साधरणतया बादल लाग्नेछ ।

बाँकी प्रदेशको हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा मधेश प्रदेशको थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

मुख्य समाचार

राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : केपी ओली

राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : केपी ओली

काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताउन...
रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न...
विनाशकारी बाढीपहिरोपछि नेपालमा  बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

विनाशकारी बाढीपहिरोपछि नेपालमा बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

काठमाण्डौ । रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएक...
आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

काठमाण्डौ। आज ३३ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र र रसुवा जिल्ला बाढीको उच्च जोखिममा छन् । ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.