Alag Dhar

Day: २०८३ जेष्ठ ६, बुधबार १०:५८

३० अंक बढ्यो सेयर बजार, सबै सूचकमा वृद्धि

३० अंक बढ्यो सेयर बजार, सबै सूचकमा वृद्धि

काठमाडौं । अघिल्लो दिन ६ अंक घटेको सेयर बजार बुधबार ३० अंक बढेको छ । ३०.०८ अंक (१.१० प्रतिशत) बढेसँगै नेप्से परिसूचक २७५४ अंकमा कायम भएको छ । जुन अंक दिनभरको अधिकतम पनि हो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८२ करोडको भयो । आज कारोबार खुलेदेखि अन्तिम समयसम्म बजारको वृद्धि कायम रह्यो । २१ कम्पनीको मूल्य घट्यो भने २४८ को बढ्यो । एउटा कम्पनी (एनएलजी)को मूल्य स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । दुई समूह सूचक हाइड्रोपावर र होटल तथा पर्यटन सबैभन्दा धेरै १.८९ प्रतिशत बढे…
Read More
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ ३ हजार ३०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन तोलाको २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा १२५ रुपैयाँले घटेको छ । चाँदीको भाउ घटेर आज तोलाको ४ हजार ९६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
Read More
न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा

न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा

काठमाण्डौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदा बस्नुभएको छ । प्रधानन्यायाधीशमा डा। मनोजकुमार शर्माको नियुक्तिसँगै मल्ल आजदेखि बिदामा बस्नुभएको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मल्ल २० दिन बिदामा बसेको जानकारी दिनुभयो । तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले २०८२ चैत १८ गतेदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । तर वैशाख २४ गते बसेको संवैधानिक परिषद्ले डा. शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश गरेपछि मल्ल असन्तुष्ट हुनुहुन्थ्यो । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले हिजो पदबहाली गर्नुभएको हो । संसदीय सुनुवाइ समितिले फास्ट ट्र्याकमा सुनुवाइ गरेसँगै उहाँको नियुक्ति र पदबहालीसमेत…
Read More
आईपीएल क्रिकेटमा राजस्थानले लखनउलाई हरायो

आईपीएल क्रिकेटमा राजस्थानले लखनउलाई हरायो

ठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको छ । जयपुरमा हिजो लखनउले दिएको २२१ रनको लक्ष्य राजस्थानले १९ ओभर १ बलमा ३ विकेट गुमाउँदै २२५ रन बनाएर पूरा गर्‍यो । जितसँगै राजस्थान १४ अङ्कसहित तालिकाको स्थानमा उक्लिएको छ र प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । लखनउ ८ अङ्कसहित तालिकाको पुछारमा छ । राजस्थानका लागि वैभव सूर्यवंशीले ९३ रन बनाए । पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २२० रन बनाएको थियो । लखनउका लागि मिचेल मार्शले ९६ रन तथा जोश इङ्ग्लिसले ६० रन बनाए । राजस्थानका स्पिनर यश…
Read More
गर्मी बढेसँगै तराई क्षेत्रमा जनजीवन प्रभावित

गर्मी बढेसँगै तराई क्षेत्रमा जनजीवन प्रभावित

काठमाण्डौं । केही दिनयता तराईमा गर्मी अत्यधिक बढेको छ । पश्चिम तराईमा गर्मी उच्च हुँदै गएको छ । सुदूरपश्चिम र लुम्बिनी क्षेत्रका तराई भागमा आज पनि तातो दिन हुनेछ । ती क्षेत्रमा बढेको गर्मीले जनजीवन प्रभावित हुन थालेको छ । अत्यधिक गर्मीबाट जोगिन दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का कपडा लगाउन तथा बालबालिका, वृद्ध वृद्धा र बिरामीको विशेष ख्याल राख्न विज्ञले आग्रह गरेका छन् । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । देशका पहाडी र हिमाली भागमा साधरणतया बादल लागेको छ, भने बाँकी तराई भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.