Alag Dhar

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

काठमाडौं । कास्कीको पोखरास्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–११, काहुँखोलाका २७ वर्षीय रिवाज गुरुङको मृत्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

बिहीबार (जेठ ७) बिहान करिब २ बजे फेवातालमा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका थिए । युवक हराएको सूचनापछि उद्धारका निम्ति प्रहरी टोली परिचालन गरिएको थियो । सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गर्ने क्रममा बिहान ३ः३५ बजे गुरुङलाई अचेत अवस्थामा फेवातालबाट उद्धार गरिएको थियो ।

उद्धारपश्चात् उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । चिकित्सकले चेकजाँचका क्रममा उनलाई मृत घोषणा गरेका सशस्त्र प्रहरीले जनाएको छ ।

मुख्य समाचार

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा एक्लै नेपाल फर्किने भएका छन् । हङकङबाट गत शुक्रबार थाइल्यान्डको राजधानी...
पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेटले ५५ वर्षको अवधिमा ५ हजार खेलको कोशेढुङ्गा पार गरेको छ । गएको शुक्रवार डुन्डीमा भएको घरेलु टोली स्कटल्यान...
उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ को प्रयोग गरिरहेका दक्षिण कोरियाली साइबर सुरक्षा कम्प...
वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

काठमाण्डौ । वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ । नेपाली सेनाको नेतृत्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.