२०८३ जेष्ठ ७, बिहीबार ११:५०
२०८३ जेष्ठ ७, बिहीबार ११:५०
हेटौँडा । हेटौँडा-४ नं. वडा कार्यालयको आयोजनामा तथा शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा-४ को व्यवस्थापनमा हुने शैक्षिक महोत्सवको तयारी तिब्र बनाईएको छ । पूर्व निर्धारित जेठ १४ हुने भनिएको कार्यक्रम उक्त दिन सार्वजनिक विदा परेकोले जेठ १३ गते बुधबार हुने शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दाहालले जानकारी दिनुभयो । चौधो पटक हुन लागेको महोत्सव यसपाली नगरस्तरीय हुने र नगरभित्रका विध्यालयमा पत्रचार गरिसकेको र विध्यालयहरूले महोत्सवमा सहभागी हुन विधागत तयारी गरिरहेको बताउनुभयो । महोत्सवमा विशेष कार्यक्रमको रूपमा राष्ट्रिय भाषा र सँस्कृति झल्कने नित्य प्रतियोगिता, विज्ञान विषयको प्रदर्शनी र चित्रकला प्रतियोगीता हुने ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले बताउनु भयो ।…