Alag Dhar

आइपीएलमा गुजरातले चेन्नईलाई हरायो

ठमाण्डौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले चेन्नई सुपर किङ्गसलाई हराएको छ । हिजो बेलुका अहमदावादमा भएको खेलमा गुजरातले चेन्नईलाई ८९ रनले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले ४ विकेट गुमाएर २२९ रन बनाएको थियो ।

गुजरातले दिएको २३० रनको लक्ष्य पछयाएको चेन्नई १३ ओभर ४ बलमा १४० रन बनाएर अलआउट भयो । गुजरातका साई सुदर्शनले ५३ बलमा ८४ रन बनाए । कप्तान शुभमन गिलले ३७ बलमा ६४ रन बनाए । त्यस्तै चेन्नइलाई सस्तैमा समेट्न मोहम्मद सिराज, राशिद खान र कागिसो रबाडाले उत्कृष्ट बलिङ गर्दै ३र३ विकेट लिए ।

यस हारसँगै चेन्नई प्लेअफ समीकरणबाट बाहिरिएको छ । आईपीएल क्रिकेटको अङ्क तालिकामा गुजरात १४ खेलमा १८ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ भने चेन्नई समान खेलमा १२ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे रोयल च्यालेन्जर्स बैंग्लुरु र सनराईजर्स हैदरावादले खेल्दैछन् ।

मुख्य समाचार

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

काठमाडौँ  । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन् । दिउँसो १ः०...
इरानमाथि अमेरिकी आक्रमण तीव्र

इरानमाथि अमेरिकी आक्रमण तीव्र

तेहरान । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मङ्गलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । ...
विश्वकपको फाइनल पुग्न अर्जेन्टिना र इंग्ल्यान्ड खेल्दै : एटलान्टामा सुरक्षा व्यवस्था कडा

विश्वकपको फाइनल पुग्न अर्जेन्टिना र इंग्ल्यान्ड खेल्दै : एटलान्टामा सुरक्षा व्यवस्था कडा

काठमाण्डौं । फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज मध्य राति पौने १ बजे साबिक विजेता अर्जेन्टिना र इंग्ल्यान्डबीच खेल ह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.