२०८३ जेष्ठ ८, शुक्रबार ०८:१२
२०८३ जेष्ठ ८, शुक्रबार ०८:१२
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक जारी रहेको छ । नेताहरूको कार्यविभाजनलाई अन्तिम रुप दिनेलगायत कार्यसूचीमा छलफल गर्न केन्द्रीय सचिवालय बैठक सुरु भएको हो । यसअघि जेठ ४ गतेको बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव गरेको नेताहरूको कार्यविभाजनलाई आज अन्तिम रुप दिने तयारी छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालय प्रमुख निरु पालले गुण्डु बैठक जारी रहेको जानकारी दिइन् । महासचिव पोखरेलको प्रस्तावमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव आएमा त्यसमा छलफल गरेर अन्तिम रुप दिइने र त्यसलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत नेताहरूलाई पठाउने तयारी छ । गत मंसिर २७ देखि २९ मा भएको ११ औँ महाधिवेशनपछि…