Alag Dhar

यस वर्ष मनसुन आउनै लाग्दालामो सुक्खाको जोखिम

काठमाण्डौं । यस वर्ष मनसुन आउनै लाग्दा नेपालमा लामो सुक्खाको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागले मनसुन अवधिमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ । यसका साथै अधिकतम र न्यूनतम तापक्रम दुवै सरदरभन्दा धेरै हुने अनुमान छ । यो अवस्थाको मुख्य कारण प्रशान्त महासागरमा विकसित हुन लागेको ’एल निनो’ हो । ’एल निनो’ भनेको समुद्रको पानी असामान्य रूपमा तातिँदा विश्वभरिको मौसममा आउने ठूलो फेरबदल हो । यसको असरले दक्षिण एशियामा मनसुनी वर्षा कमजोर हुने, सुक्खा लम्बिने र कृषि उत्पादनमा ह्रास आउने खतरा हुन्छ ।

अमेरिकाको मौसम संस्था एनओएएका अनुसार जुनदेखि अगस्टभित्र ’एल निनो’ विकास हुने सम्भावना ६२ प्रतिशत छ । विश्व मौसम सङ्गठनले पनि यस वर्ष दक्षिण एशियाको धेरैजसो भागमा औसतभन्दा कम वर्षा हुने आकलन गरेको छ ।

यस्तो अवस्थामा सुक्खा खेती प्रविधि अपनाउन, पानीको मितव्ययी उपयोग गर्न र वैकल्पिक बालीको तयारी गर्न किसानहरूलाई प्रोत्साहन गर्नुपर्ने जल तथा मौसमविद् डा।. केशवप्रसाद शर्माले बताउनुभयो । सरकारी निकायहरूले सिँचाइ व्यवस्थापन र खाद्य भण्डारणतर्फ अहिलेदेखि नै ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

जल तथा मोसम विज्ञान विभागले अहिले नै अत्यन्त भयावह अवस्थाको निष्कर्ष निकाल्नु हतार हुने बताइरहेको छ । तर स्वतन्त्र विज्ञहरूले यसपालि जेठको अन्त्यदेखि साउनको अन्त्यसम्म नै पानी निकै कम पर्ने र विशेषगरी देशको पश्चिमी क्षेत्रमा लामो सुक्खा हुने चेतावनी दिइरहेका छन् ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.