२०८३ जेष्ठ १३, बुधबार १०:३१
२०८३ जेष्ठ १३, बुधबार १०:३१
काठमाण्डौं । हिजो घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से ४ दशमलव ९९ अङ्कले बढेर २ हजार ७८२ दशमलव १० विन्दुमा पुगेको छ । आज फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य बाहेक सबै समूहका सूचक सामान्य बढेका छन् । आज १५१ वटा कम्पनीका शेयर बढेकामा १०५ वटाको घटेका छन् । यस्तै १४ वटा कम्पनीका शेयर घटबढ भएका छैनन् । आज कालिञ्चोक हाइड्रोपावरको शेयर १५ प्रतिशत, बुङ्गल हाइड्रोको शेयर १४ दशमलव ८८ प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन सानिमा बैंकको डिबेन्चर साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ । आज नेप्सेसँगै कारोबार…