
काठमाण्डौं । इजरायली सेनाले दक्षिणी लेबनानको ठूलो भाग खाली गर्न आदेश दिएको छ ।
इजरायली रक्षा बल (आईडीएफ) ले त्यहाँका बासिन्दालाई जहरानी नदीको उत्तरतिर सर्न भनेको हो । हेजबुल्लाहलाई बारम्बार युद्धविराम उल्लङ्घन गरेको भन्दै आईडीएफले अत्यन्त कडाइका साथ कारबाही गर्ने चेतावनी दिएको छ ।
हिजबुल्लाहले भने इजरायलमाथि नै युद्धविराम तोडेको आरोप लगाएको छ । हिजो इजरायली सेनाले दक्षिणी सहर टायरमा हवाई आक्रमण गरेको थियो ।
त्यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी लेबनानमा जारी स्थल कारबाही थप विस्तार गरिने घोषणा गर्नुभएको थियो । उहाँले उत्तरी इजरायलका नागरिक तथा सीमावर्ती क्षेत्रमा रहेका इजरायली सैनिकमाथि हिजबुल्लाहले ड्रोन आक्रमण गरेपछि सैन्य अभियान तीव्र पारिएको बताउनुभयो ।
आईडीएफले नौ वटा ठाउँ खाली गर्न आदेश दिएपछि इजरायल–लेबनान सीमामा ठूलो सैन्य तनावको खतरा बढाएको छ ।