२०८३ जेष्ठ १४, बिहीबार ०९:१९
२०८३ जेष्ठ १४, बिहीबार ०९:१९
काठमाण्डौं । आज र भोलि लुम्बिनी र सुदूरपश्चिमसहित देशका धेरै ठाउँमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज लुम्बिनी र सुदूरपश्चिममा तातो दिन कायमै रहे पनि भोलि भने तापक्रम घट्नेछ । गएराति कोशी, गण्डकी र बागमती प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ । गोरखा र धादिङको सिमानामा पर्ने आरुघाटमा सबैभन्दा बढी ५५ मिलिमिटर वर्षा मापन भएको छ । साथै हिजो तराईका सबैजसो भागमा तापक्रम केही घटेको छ । केही दिनयता पश्चिम तराईमा ४० डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गरेकोमा हिजो सबैभन्दा बढी धनगढीमा ३९ र नेपालगञ्जमा ३८ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । महाशाखाका अनुसार…