Alag Dhar

रोड टु युएफसी : फिलिपिन्सका किम्बर्टसँग खेल्दै नेपालका रविन्द्र

काठमाडौं । नेपालका चर्चित एमएमए फाइटर रविन्द्र ढाँटले युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ मा प्रतिस्पर्धा गर्दैछन् ।

विश्वकै प्रतिष्ठित युएफसीको मुख्य स्टेजमा पुग्ने बाटोको रुपमा रहेको यस रोड टु युएफसीमा रविन्द्रले ब्यान्टमवेट मा प्रतिस्पर्धा गर्दैछन् ।

उनले रोड टु युएफसी सिजन ५ को क्वाटरफाइनलमा आज फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनसँग प्रतिस्पर्धा गर्नेछन् । मकाउको ग्यालेक्सी एरेनामा आज उक्त खेल हुँदैछ । यस तौल समूहमा विजेता बने रविन्द्र युएफसीको मुख्य स्टेजमा छनोट हुनेछन् ।

प्रोफेसनल एमएमए करियरमा रविन्द्रले ९ जित हात पार्दा १ फाइट मात्र गुमाएका छन् । किम्बर्टले भने ७ फाइट जित्दा ३ मा पराजित भएका छन् ।

रविन्द्र पछिल्लो समय नेपाली एमएमएमा सबैभन्दा चर्चित फाइटरको रुपमा चिनिन्छन् ।

उनले गत वर्ष भारतको ग्रेटर नोइडामा भएको मेट्रिक्स फाइट नाइट १७ मा भारतका चुङरेन कवरेनलाई नकआउट गर्दै टाइटल जितेका थिए ।

मुख्य समाचार

दुई दिन वर्षा र हावाहुरीको सम्भावना, पश्चिममा तापक्रम घट्ने

दुई दिन वर्षा र हावाहुरीको सम्भावना, पश्चिममा तापक्रम घट्ने

काठमाण्डौं । आज र भोलि लुम्बिनी र सुदूरपश्चिमसहित देशका धेरै ठाउँमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा...
दक्षिणी लेबनानको ठूलो भाग खाली गर्न इजरायली सेनाको आदेश

दक्षिणी लेबनानको ठूलो भाग खाली गर्न इजरायली सेनाको आदेश

काठमाण्डौं । इजरायली सेनाले दक्षिणी लेबनानको ठूलो भाग खाली गर्न आदेश दिएको छ । इजरायली रक्षा बल (आईडीएफ) ले त्यहाँका बासिन्दाला...
विद्यालयमा आइतवारको बिदा फिर्ता लिन मेयर्स फोरमको आग्रह

विद्यालयमा आइतवारको बिदा फिर्ता लिन मेयर्स फोरमको आग्रह

काठमाण्डौं । उपत्यका मेयर्स फोरमले विद्यालयमा आइतवार पनि बिदा दिने निर्णय फिर्ता लिन आग्रह गरेको छ । ललितपुरको महालक्ष्मी नगकरपा...
आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

काठमाण्डौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाउँदै छ । इदुल फित्र अर्थात् रमजा...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.