Alag Dhar

बागमती पुलबाट खसेको गाडीका चालक मृत, स्टेरिङमै भेटिए

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवास्थित कान्ति लोकपथमा पर्ने बागमती खोला पुलबाट शनिबार साँझ खसेको गाडीका चालक स्टेरिङमै मृत भेटिएका छन् ।

मकवानपुर र ललितपुर जोड्ने बागमती पुलबाट ना ६ ख ४०४२ नम्बरको टेलर गाडी शनिबार बेलुका खसेको थियो । सो गाडीका चालक हेटौंडा उपहानगरपालिका–३ बस्ने ३० वर्षीय दलबहादुर बर्तौला स्टेरिङमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो गाडीलाई क्रेनको सहायताबाट खोला बाहिर निकालिएको छ ।

मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार बागमती हाइड्रोपावरको फलामे पाइप लोड गरेर मकवानपुरबाट काठमाडौं जाँदै गर्दा पाइप बाँधिएको टुचिन (बन्धन) चुडिएर गाडी अनियन्त्रित भई पुलबाट तल खोलामा खसेको थियो ।

गाडीमा चालक र सहचालक गरी दुई जना सवार थिए । सहचालक १७ वर्षीय प्रशन्न प्रजा हामफालेका थिए । उनी सकुशल रहेको र चालकको मृत्यु भएको डिएसपी काफ्लेले जानकारी दिए ।

मुख्य समाचार

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

काठमाडौँ  । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन् । दिउँसो १ः०...
इरानमाथि अमेरिकी आक्रमण तीव्र

इरानमाथि अमेरिकी आक्रमण तीव्र

तेहरान । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मङ्गलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । ...
विश्वकपको फाइनल पुग्न अर्जेन्टिना र इंग्ल्यान्ड खेल्दै : एटलान्टामा सुरक्षा व्यवस्था कडा

विश्वकपको फाइनल पुग्न अर्जेन्टिना र इंग्ल्यान्ड खेल्दै : एटलान्टामा सुरक्षा व्यवस्था कडा

काठमाण्डौं । फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज मध्य राति पौने १ बजे साबिक विजेता अर्जेन्टिना र इंग्ल्यान्डबीच खेल ह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.