Alag Dhar

बुबाले गरे छोराको हत्या

चितवन । पूर्वी नवलपरासी (नवलपुर)को गैंडाकोट नगरपालिका वडा नम्बर १५ चिन्तामणी टोलमा एक बाबुले छोराको हत्या गरेका छन् ।

प्रहरीका अनुसार ६३ वर्षीय डम्मर गिरीले गएराति अन्दाजी १० बजे ४३ वर्षीय छोरा शंकर गिरीको हत्या गरेका हुन् । घरायसी विवादमा उनले छोरामाथि धारिलो हतियार (खुर्पा) प्रहार गरेका थिए ।

खुर्पा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका शंकरको चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा राति १०:४५ बजे मृत्यु भएको हो ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो । प्रहरीले घटनास्थलबाटै खुर्पा बरामद गर्नुका साथै छोराको हत्यामा संलग्न बुबा डम्मर गिरीलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका गिरीमाथि हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मुख्य समाचार

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
इन्धनको मूल्य स्थिर

इन्धनको मूल्य स्थिर

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त ...
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

काठमाण्डौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.