Alag Dhar

प्रधानमन्त्रीले नेपालले भारतकाे भूमि मिचेकाे भन्नुभएको होइन : सरकारका प्रवक्ता

काठमाण्डौं । सरकारले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति नदिनुभएको स्पष्ट पारेको छ । संसद् बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि थुप्रै ठाउँमा भारतको भूमि मिचेको कुरा आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताउनुभएको थियो ।

आज सिंहदरबारमा सञ्चारकर्मीसँग बोल्दै सरकारका प्रवक्ता एवम् युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको सीमा मिचिएको कुरा राख्दा भारत–नेपाल संयन्त्रले नेपालले पनि भारतको भूमि मिचेको बताएको र त्यसबारे प्रधानमन्त्रीले आफू आश्चर्य भएको बारेमा कुरा राख्नुभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले सीमा विवादसम्बन्धी काम अगाडि बढाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदा आफू अचम्मित परेको बताउनुभएको हो । उहाँले सदनमा पनि यही प्रसङ्ग उल्लेख गर्नुभएको थियो । यस विषयमा परराष्ट्र मन्त्रालयले समेत आफ्नो स्पष्टीकरण दिइसकेको छ । कतिपय ठाउँमा भारतले उपभोग गरिरहेको भूमि नेपालतर्फ पर्न सक्ने र नेपालले उपभोग गरिरहेको भूमि भारततर्फ पर्न सक्ने भन्ने विषय ती संयन्त्रहरूबाट उठेका छन् । यस्ता विषयमा दुई देश बसेर आपसी छलफलमार्फत विवाद समाधान गर्नुपर्छ भन्ने प्रधानमन्त्रीज्यूको धारणा हो । प्रधानमन्त्रीज्यूले विवाद सिर्जना हुने खालको कुनै अभिव्यक्ति दिनुभएको होइन । उहाँले यस्तो कुरा आउँदा म अचम्मित परेँ भन्ने सन्दर्भमा मात्र आफ्नो धारणा व्यक्त गर्नुभएको हो ।’

प्रवक्ता पोखरेलले प्रधानमन्त्री शाह सरकारप्रति उत्तरदायी रहनुभएको पनि बताउनुभयो । प्रधानमन्त्रीले आइतवार सदनमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनुभएको र आवश्यकता परे पुनः सदनमा उपस्थित भएर जवाफ दिने उहाँको भनाइ छ ।

मुख्य समाचार

एकछिन घाम लागे पनि फेरि पानी पर्ने सम्भावना

एकछिन घाम लागे पनि फेरि पानी पर्ने सम्भावना

काठमाण्डौं ।  काठमाण्डौ उपत्यकासहित देशका मध्य र पूर्वी भेगका धेरै ठाउँमा रातभर झरी परेको छ । काठमाण्डौसहित धेरै ठाउँमा अहिले घ...
नागढुङ्गा सुरुङमार्गको उदघाटन आज, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

नागढुङ्गा सुरुङमार्गको उदघाटन आज, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

काठमाण्डौं । देशकै सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उदघाटन हु...
पाँच प्रदेशमा नेतृत्व बाँडफाँट गरेका एमाले र नेकपाले मधेश र गण्डकीमा अन्य दलसँग परामर्श गर्ने

पाँच प्रदेशमा नेतृत्व बाँडफाँट गरेका एमाले र नेकपाले मधेश र गण्डकीमा अन्य दलसँग परामर्श गर्ने

काठमाण्डौं ।  नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकारमा सहकार्य गर्दै पाँच प्रदेशमा नेतृत्व बाँडफाँट गर्ने...
आज तीन वटा प्रदेशको पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज तीन वटा प्रदेशको पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौं ।  आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एक /दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.