Alag Dhar

आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

काठमाण्डौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १६औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि काठमाण्डौमा शुरु हुँदैछ ।

प्रतियोगितामा सातै प्रदेशका ६८६ खेलाडी सहभागी हुँदैछन् । एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा कुल ६६ स्वर्ण पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा २६ तथा कराते, तेक्वान्दो र उसुमा समान १२–१२ स्वर्ण पदकका लागि खेल हुनेछन् ।

भलिबल र कबड्डीमा समान २–२ स्वर्ण पदक समावेश छन् । एथलेटिक्सका खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछन् । भलिबलका खेल राखेपको कभर्डहलमा, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा, कराते कीर्तिपुरस्थित कभर्डहलमा, तेक्वान्दो सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमी हलमा तथा उसुका खेल राखेपको सेमी कभर्डहलमा हुनेछ ।

प्रतियोगितामा प्रदेश खेलकुद विकास परिषद् बागमती, नेपालय इन्टरनेश्नल प्रालि र केआईइसीले सहयोग गरेका छन् । प्रतियोगिता आउँदो शुक्रबार सम्पन्न हुनेछ ।

मुख्य समाचार

सर्वदलीय बैठकमा विपक्षी दल : सरकार फेसबुकको स्ट्याटसमा मात्रै भेटियो

सर्वदलीय बैठकमा विपक्षी दल : सरकार फेसबुकको स्ट्याटसमा मात्रै भेटियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा विपक्षी दलले सरकारले संवेदनशील विषयमा पनि ...
गोपालमान श्रेष्ठको पार्थिव शरीरमा गगन थापाले ओढाए पार्टीको झन्डा

गोपालमान श्रेष्ठको पार्थिव शरीरमा गगन थापाले ओढाए पार्टीको झन्डा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानेपामा राखिएको छ । उनको पार्थिव श...
अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा

अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा

काठमाण्डौ । नारायणगढ–मुग्लिन सडकमा आज बिहानदेखि गाडी चल्न थालेका छन् ।  हिजो एकैदिन लगातार तीन पटक सुख्खा पहिरो झरेर अवरुद्ध यो ...
सप्तरी भन्सारद्वारा गत आर्थिक वर्षमा रु सात करोड ४२ लाख राजस्व सङ्कलन

सप्तरी भन्सारद्वारा गत आर्थिक वर्षमा रु सात करोड ४२ लाख राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष २०८२/८३ मा रु सात करोड ४२ लाख राजव सङ्कलन गरेको छ । कार्य...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.