Alag Dhar

Day: २०८३ जेष्ठ २०, बुधबार ०८:२४

रुसले युक्रेनमा  गरेको  हवाई आक्रमणमा २२ जनाको ज्यान गया,१३८ जना घाइते

रुसले युक्रेनमा गरेको हवाई आक्रमणमा २२ जनाको ज्यान गया,१३८ जना घाइते

काठमाण्डौं । रुसले युक्रेनका विभिन्न शहरमा गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । १३८ जना घाइते भएका छन् । सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रयोग गरी गरिएको आक्रमणले राजधानी किएभसहित मध्य र पूर्वी युक्रेनका धेरै शहरमा ठूलो जनधनको क्षति भएको समाचार संस्था एपीले जनाएको छ । युक्रेनी अधिकारीकारअनुसार डिनिप्रोमा १६ जना तथा राजधानी किएभमा ६ जनाले ज्यान गुमाएका छन् । विस्फोटका कारण अपार्टमेन्ट क्षतिग्रस्त भएका छन् र धेरै क्षेत्रमा खोज तथा उद्धार कार्य भइरहेको छ । युक्रेनी वायु सेनाका अनुसार रुसले कुल ७३ वटा क्षेप्यास्त्र र ६५६ वटा ड्रोन प्रहार गरेको थियो । तीमध्ये ४० वटा…
Read More
आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

काठमाण्डौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १६औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि काठमाण्डौमा शुरु हुँदैछ । प्रतियोगितामा सातै प्रदेशका ६८६ खेलाडी सहभागी हुँदैछन् । एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा कुल ६६ स्वर्ण पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा २६ तथा कराते, तेक्वान्दो र उसुमा समान १२–१२ स्वर्ण पदकका लागि खेल हुनेछन् । भलिबल र कबड्डीमा समान २–२ स्वर्ण पदक समावेश छन् । एथलेटिक्सका खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछन् । भलिबलका खेल राखेपको कभर्डहलमा, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा, कराते कीर्तिपुरस्थित कभर्डहलमा, तेक्वान्दो सातदोबाटोस्थित…
Read More
ब्लु ओरिजिनको प्रक्षेपणस्थल विस्फोटपछि नासाको चन्द्र अभियान प्रभावित हुने चिन्ता

ब्लु ओरिजिनको प्रक्षेपणस्थल विस्फोटपछि नासाको चन्द्र अभियान प्रभावित हुने चिन्ता

काठमाण्डौं ।अमेरिकी अन्तरिक्ष संस्था नासाले ब्लु ओरिजिनको विस्फोटबाट क्षतिग्रस्त प्रक्षेपणस्थल फेरि सञ्चालनमा आउन सन् २०२८ सम्म लाग्न सक्ने जनाएको छ । यसले कम्पनीका आगामी अन्तरिक्ष अभियानसँगै नासाको चन्द्रमा अन्वेषण कार्यक्रमको समय तालिकामा समेत असर पर्न सक्ने चिन्ता बढेको छ । न्यु ग्लेन ब्लु ओरिजिनको महत्त्वाकाङ्क्षी ठूलो क्षमताको रकेट परियोजना हो । यसलाई व्यावसायिक उपग्रह प्रक्षेपण, चन्द्रमा अभियान तथा गहिरो अन्तरिक्ष अनुसन्धानका लागि प्रयोग गर्ने लक्ष्य राखिएको छ । त्यसैले प्रक्षेपणस्थल लामो समय बन्द हुँदा कम्पनीका व्यावसायिक योजना र प्रतिस्पर्धात्मक क्षमतामा असर पर्ने अनुमान गरिएको छ । गएको बिहीबार अमेरिकाको फ्लोरिडामा रहेको केप क्यानाभेरल अन्तरिक्ष केन्द्रमा ब्लु ओरिजिनको ‘न्यु ग्लेन’ रकेटको…
Read More
तातो हावा र उच्च तापक्रमले तराई प्रभावित

तातो हावा र उच्च तापक्रमले तराई प्रभावित

काठमाण्डौं । आज पनि मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा तातो दिनको प्रभाव कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुग्ने अनुमान छ । दिउँसोको समयमा विशेष गरी तराई क्षेत्रमा आकाश खुला रहने, घाम चर्किने र हावाको आर्द्रता बढ्नाले अत्यधिक गर्मी हुने अनुमान छ । मधेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा तथा कोशी प्रदेशका झापा, मोरङ र सुनसरी आसपासका क्षेत्रमा गर्मी अत्यधिक बढ्ने अनुमान छ । पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । अत्यधिक गर्मीको बेला लामो समय घाममा बस्दा पानीको…
Read More
सुनको मूल्य यथावत :चाँदीको भाउ घट्यो

सुनको मूल्य यथावत :चाँदीको भाउ घट्यो

काठमाण्डौं । आज सुनको भाउ यथावत् रहेको छ । चाँदीको भाउ घटेको छ । हिजो सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज यथावत् नै रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको छ । हिजो तोलाको ५ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज घटेर तोलाको ५ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.