Alag Dhar

आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

काठमाण्डौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १६औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि काठमाण्डौमा शुरु हुँदैछ ।

प्रतियोगितामा सातै प्रदेशका ६८६ खेलाडी सहभागी हुँदैछन् । एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा कुल ६६ स्वर्ण पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा २६ तथा कराते, तेक्वान्दो र उसुमा समान १२–१२ स्वर्ण पदकका लागि खेल हुनेछन् ।

भलिबल र कबड्डीमा समान २–२ स्वर्ण पदक समावेश छन् । एथलेटिक्सका खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछन् । भलिबलका खेल राखेपको कभर्डहलमा, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा, कराते कीर्तिपुरस्थित कभर्डहलमा, तेक्वान्दो सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमी हलमा तथा उसुका खेल राखेपको सेमी कभर्डहलमा हुनेछ ।

प्रतियोगितामा प्रदेश खेलकुद विकास परिषद् बागमती, नेपालय इन्टरनेश्नल प्रालि र केआईइसीले सहयोग गरेका छन् । प्रतियोगिता आउँदो शुक्रबार सम्पन्न हुनेछ ।

मुख्य समाचार

रुसले युक्रेनमा  गरेको  हवाई आक्रमणमा २२ जनाको ज्यान गया,१३८ जना घाइते

रुसले युक्रेनमा गरेको हवाई आक्रमणमा २२ जनाको ज्यान गया,१३८ जना घाइते

काठमाण्डौं । रुसले युक्रेनका विभिन्न शहरमा गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । १३८ जना घाइते भएका छन् । ...
आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

काठमाण्डौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १६औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि काठमाण्ड...
ब्लु ओरिजिनको प्रक्षेपणस्थल विस्फोटपछि नासाको चन्द्र अभियान प्रभावित हुने चिन्ता

ब्लु ओरिजिनको प्रक्षेपणस्थल विस्फोटपछि नासाको चन्द्र अभियान प्रभावित हुने चिन्ता

काठमाण्डौं ।अमेरिकी अन्तरिक्ष संस्था नासाले ब्लु ओरिजिनको विस्फोटबाट क्षतिग्रस्त प्रक्षेपणस्थल फेरि सञ्चालनमा आउन सन् २०२८ सम्म ...
तातो हावा र उच्च तापक्रमले तराई प्रभावित

तातो हावा र उच्च तापक्रमले तराई प्रभावित

काठमाण्डौं । आज पनि मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा तातो दिनको प्रभाव कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.