Alag Dhar

हेटौँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर, मुटु, क्षयरोग र स्त्रीरोगको विशेषज्ञ सेवा उपलब्ध

हेटौँडा । हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने भएकाे छ । जेठ ३० गते विहान ८:०० बजेदेखि वेलुका ४:०० बजेसम्म हेटाैँडा-४ स्थित क्वीक ट्वान्टी पार्टी प्यालेसमा शिविर हुन लागेकाे हाे । ४ नं. वडा कार्यालय, हेटाैँडाकाे आयाेजना, नेपाल हृदयराेग निवारण प्रतिष्ठान, मकवानपुर शाखाकाे सहआयाेजना,मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटाैँडाकाे विशेष सहयाेगमा टाेल विकास संस्था नगर समन्वय समिति, हेटाैँडाकाे व्यवस्थापनमा हुने हेटाैँडा-४ नं. वडा अध्यक्ष नवीन सिग्देलले बताउनुभयाे ।

यस्ताे बृहत् शिविर तेस्राे पटक ४ नं. वडा कार्यालय र नेपाल हृदय राेग निवारण प्रतिष्ठान, मकवानपुर शाखाकाे सहकार्यमा हुँदै आएकाे अध्यक्ष सिग्देलले जानकारी दिनुभयाे । बृहत् नि:शुल्क शिविरमा मुटु राेग, स्त्री राेग र क्षय राेगसम्बन्धि विशेषज्ञ सेवा प्रदान गरिने बताईएकाे छ । नि:शुल्क रूपमा भिडियाे एक्सरे, ईसिजी, ईकाे सेवा उपलब्ध गराईने छ । शिविरमा सुगर र लिपिड प्राेफाईल जेकजाँच, छातीकाे एक्सरे, पि. एफ.टी. (दम जाँच) नि:शुल्क गरिने बताईएकाे छ । महिलाकाे पाठेघर जाँच, पाठेघर मुखकाे क्यान्सर चेकजाँच गरिने छ । साथै जनरल फिजिसियन सेवा समेत उपलब्ध गराईने, ७ दिनकाे लागि आवश्यक औषधी नि:शुल्क उपलब्ब गराईने वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिँदै शिविरबाट हुने नि:शुल्क सेवाकाे उपयाेग गर्न सबै सर्वसाधारणमा आग्रह गर्नु भएकाे छ ।

शिविरकाे प्रमुख उदेश्य स्वास्थ उपचारमा सबैकाे पहुँच पुर्याउन र स्वस्थ नगर निर्माण अभियानलाई सबैले सार्थक प्रयत्न गराैँ भन्ने रहेकाे छ ।

मुख्य समाचार

दुहबीका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण

दुहबीका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण

इनरुवा ।सुनसरीको दुहबी नगरपालिकामा कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री तथा कम्बाइन मिल वितरण गरेको छ । नगरपालिका क्षेत्रका...
वातावरण जोगाउन राष्ट्रपतिको आग्रह

वातावरण जोगाउन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैला...
सुन तोलामा  २ हजार १ सय रुपैयाँले घट्यो

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

काठमाण्डौं । सुनचाँदीको भाउ आज पनि घटेको छ । आज सुन तोलामा २ हजार १ सय रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेप...
हेटौँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर, मुटु, क्षयरोग र स्त्रीरोगको विशेषज्ञ सेवा उपलब्ध

हेटौँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर, मुटु, क्षयरोग र स्त्रीरोगको विशेषज्ञ सेवा उपलब्ध

हेटौँडा । हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने भएकाे छ । जेठ ३० गते विहान ८:०० बजेदेखि वेलुका ४:०० बजेसम्म हेटाैँडा-४ ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.