Alag Dhar

अण्डाको मूल्य फेरि उकालो लाग्यो

काठमाण्डौं । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको भाउ फेरि बढाएको छ । सङ्घको काठमाण्डौमा हिजो भएको भौतिक एवं भर्चुअल बैठकले आज शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको छलफल तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ दररेट तय गरिएको हो ।

नयाँ मूल्यसूचीअनुसार एक्स एल अण्डाको मूल्य प्रतिक्रेट ३० वटाको ५६०, ठूलो अण्डाको ५४५, मध्यम अण्डाको ५१५ तथा सानो अण्डा प्रतिपेटी अर्थात ७ क्रेटको तीन हजार रुपैयाँ कायम गरिएको छ ।

अब खुद्रा बजारमा एउटा अण्डाको मूल्य झण्डै २५ रुपैयाँ भएको छ । अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतारचढाव तथा किसानको बढ्दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ समर्थन मूल्य निर्धारण गरिएको बताउनुभयो । पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य निरन्तर बढेको हो ।

गएको वैशाख तेस्रो हप्ता एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ४६५ थियो । त्यस्तै ठूलो अण्डाको मूल्य ४९०, मिडियम अण्डाको ४०० तथा सानो अण्डाको प्रतिपेटी २ हजार ३ सय रूपैयाँ थियो ।

किसानले लागतको भाउ पाए पनि पटक पटक भाउ बढ्दा उपभोक्ता मर्कामा परेका छन् । उत्पादन लागत नियन्त्रण र बजार व्यवस्थापनका लागि सरकारी निकायबाट सहयोग र नीतिगत समर्थन आवश्यक रहेको अध्यक्ष पोखरेलले बताउनुभएको छ ।

मुख्य समाचार

अण्डाको मूल्य फेरि उकालो लाग्यो

अण्डाको मूल्य फेरि उकालो लाग्यो

काठमाण्डौं । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको भाउ फेरि बढाएको छ । सङ्घको काठमाण्डौमा हिजो भएको भौतिक एवं भर्चुअल बैठकले आज...
मौसममा बदली: मध्य र पूर्वी नेपालमा वर्षा

मौसममा बदली: मध्य र पूर्वी नेपालमा वर्षा

काठमाण्डौं । देशका पूर्वी र मध्य भेगका धेरै ठाउँमा गएराति र बिहान पानी परेको छ । पानी परेका ठाउँमा शितल भएको छ । तर पश्चिम तराईक...
श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापा पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापा पक्राउ

काठमाण्डौं । काठमाण्डौमा श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौको तारकेश्वर नगरपालिका–६...
एसीसी महिला प्रिमियर कपको समूह विजेताका लागि आज नेपाल र हङकङ खेल्दै

एसीसी महिला प्रिमियर कपको समूह विजेताका लागि आज नेपाल र हङकङ खेल्दै

काठमाडौं । मलेसियामा चलिरहेको एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले आज हङकङसँग खेल्दैछ । खेल बिहान प...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.