२०८३ जेष्ठ २३, शनिबार ०६:०२
२०८३ जेष्ठ २३, शनिबार ०६:०२
काठमाण्डौं । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको भाउ फेरि बढाएको छ । सङ्घको काठमाण्डौमा हिजो भएको भौतिक एवं भर्चुअल बैठकले आज शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको छलफल तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ दररेट तय गरिएको हो । नयाँ मूल्यसूचीअनुसार एक्स एल अण्डाको मूल्य प्रतिक्रेट ३० वटाको ५६०, ठूलो अण्डाको ५४५, मध्यम अण्डाको ५१५ तथा सानो अण्डा प्रतिपेटी अर्थात ७ क्रेटको तीन हजार रुपैयाँ कायम गरिएको छ । अब खुद्रा बजारमा एउटा अण्डाको मूल्य झण्डै २५ रुपैयाँ भएको छ । अध्यक्ष…