Alag Dhar

प्रधानमन्त्री बन्न लागेको हो भन्ने प्रश्नमा रविको जवाफ : म केही भन्न चाहन्नँ, अस्थिरताको पक्षमा छैनौँ

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री बन्न लागेको भन्ने प्रश्नमा केही नबोल्ने भन्दै आफूहरु अस्थिरताको पक्षमा नरहेको बताउनुभएको छ । हिजो भारत भ्रमणबाट फर्केका सभापति लामिछानेले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै यस्तो बताउनुभएको हो ।

भारत भ्रमणबाट फर्केपछि छिट्टै प्रधानमन्त्री बन्ने विषयमा विपक्षी दलले आशंका गरिरहेको र त्यसमा के भन्नुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘म केही भन्न चाहन्नँ ।’

त्यसपछि उहाँले चुनावअघि आफूहरुले लेखेको कागज एक पटक पढ्न अनुरोध गर्दै आफूहरु अस्थिरताको पक्षमा नभएको बताउनुभएको हो । नागरिकले स्थिर सरकारको पक्षमा मतदान गरेको उहाँको भनाइ थियो ।

उहाँले आफ्नो भ्रमणलाई ‘पारदर्शी र परिणाममुखी’ भएको दाबी पनि गर्नुभयो । यसपटकको भ्रमण अघिल्ला कूटनीतिक भेटघाटभन्दा फरक रहेको उहाँले बताउनुभयो । भारतीय अधिकारीहरूसँग भएका छलफलहरूमा नेपाली कार्यवाहक राजदूतको पनि उपस्थिति गराइएको र यसले वार्तालाई अझ खुला र स्पष्ट बनाएको उहाँले दाबी गर्नुभयो ।

भारतसँग कनेक्टिभिटी, धार्मिक पर्यटन, लगानी र विकास सहकार्यबारे छलफल भएको उहाँले जानकारी दिनुभयो ।

मुख्य समाचार

अण्डाको मूल्य फेरि उकालो लाग्यो

अण्डाको मूल्य फेरि उकालो लाग्यो

काठमाण्डौं । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको भाउ फेरि बढाएको छ । सङ्घको काठमाण्डौमा हिजो भएको भौतिक एवं भर्चुअल बैठकले आज...
मौसममा बदली: मध्य र पूर्वी नेपालमा वर्षा

मौसममा बदली: मध्य र पूर्वी नेपालमा वर्षा

काठमाण्डौं । देशका पूर्वी र मध्य भेगका धेरै ठाउँमा गएराति र बिहान पानी परेको छ । पानी परेका ठाउँमा शितल भएको छ । तर पश्चिम तराईक...
श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापा पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापा पक्राउ

काठमाण्डौं । काठमाण्डौमा श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौको तारकेश्वर नगरपालिका–६...
एसीसी महिला प्रिमियर कपको समूह विजेताका लागि आज नेपाल र हङकङ खेल्दै

एसीसी महिला प्रिमियर कपको समूह विजेताका लागि आज नेपाल र हङकङ खेल्दै

काठमाडौं । मलेसियामा चलिरहेको एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले आज हङकङसँग खेल्दैछ । खेल बिहान प...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.