Alag Dhar

आज पनि पश्चिम तराईमा चर्को गर्मी

काठमाण्डौं । आज पनि पश्चिम तराईमा चर्को गर्मी भएको छ । केही दिनदिने लागातार गर्मी भइरहेको पश्चिम तराईमा पछिल्लो २४ घण्टामा पानी परेको छैन । पछिल्लो २४ घण्टामा सामान्यदेखि मध्ययमसम्म वर्षा भएको पुर्वी तराईमा भने तुलनात्मक रूपमा केही शितल महसुस भएको छ ।

मौसम पूर्वानुमान् महाशाखाले आज सुदुरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा गर्मीको चेतावनी दिएको थियो । यस्तै महाशाखाले भोलि र पर्सि मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही ठाउँहरुमा तातो दिन हुने सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार ती क्षेत्रको अधिकतम तापक्रम ३८ डिग्री सेल्सिअस वा त्यस भन्दा बढी रहने सम्भावना छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार समथर क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि र पहाडी क्षेत्रमा ३० डिग्री सेल्सिअसभन्दा माथि पुगेको अवस्थालाई तापलहर अर्थात् ‘हीटवेभ’ भन्ने गरिन्छ ।

महाशाखाले गएको बिहिवार बेलुका तापलहरसम्बन्धी चेतावनी जारी गरेको छ । यो गर्मीयाम शुरू भएयता तापलहरको चेतावनी चौथो हो । नेपालमा २६।७ डिग्री सेल्सियसलाई गर्मीयामको औसत अधिकतम तापक्रम मानिएको छ । तर पछिल्ला तीन वर्ष लगातार औसत अधिकतम तापक्रमको सीमा पार भएको छ ।

यो वर्ष प्रशान्त महासागरीय क्षेत्रमा उत्पन्न हुने एल निनेको असरले गर्दा नेपालमा सुक्खापन ल्याउने र तापक्रम औसतभन्दा माथि जाने मौसमविद्को अनुमान् छ । पछिल्लो तीन घण्टामा गण्डकी, बगमती र सुदुरपश्चिम प्रदेशका केही ठाउामा पानी परेको छ ।

यसैबीच नेपालमा मनसुन भित्रिन अझै एक हप्ता लाग्ने मौसमविद्को अनुमान छ । अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन आइपुगेको र बङ्गालको खाडी हुँदै नेपालमा मनसुन आइपुग्न एक हप्ता लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा औसत जुन १३ तारिखमा मनसुन भित्रिने गर्छ । आज जुन ६ तारिख हो ।

मुख्य समाचार

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाल...
१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौ । कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाउ केही बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ ...
नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.