Alag Dhar

Day: २०८३ जेष्ठ २४, आईतवार १२:०९

रास्वपा मकवानपुरको सभापतिमा सञ्जीव पाठक

रास्वपा मकवानपुरको सभापतिमा सञ्जीव पाठक

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ । शनिबार हेटौंडामा भएको प्रथम अधिवेशनले ५ वर्षे कार्यकालका लागि पाठकको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय जिल्ला समिति चयन गरेको हो । अधिवेशनले उपसभापतिमा टाकाराज थापा (सुरेश) सचिवमा विशभ अधिकारी, सहसचिवमा शान्ति थापा विडारी चयन हुनुभएको छ । अधिवेशनबाट सदस्यमा सम्झना पुडासैनी, पदम थिङ, सफल दुतराज, हलिया शेख, हरिहर खतिवडा र देवकुमार अर्याल सदस्य चयन हुनुभएको छ । हरिहर खतिवडा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को सभापति तथा देवकुमार अर्याल क्षेत्र नमबर २ को सभापतिको रुपमा पनि निर्वाचित हुनुभएको नवनिर्वाचित सचिव विशभ अधिकारीले जानकारी…
Read More
यी २८ जिल्लामा रास्वपाकोअधिवेशन आज हुँदै

यी २८ जिल्लामा रास्वपाकोअधिवेशन आज हुँदै

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ जिल्लामा पहिलो अधिवेशन गर्दैछ । कोशी प्रदेशका चार, मधेसका चार, बागतमीका दुई, गण्डकीका चार, लुम्बिनीका चीन, कर्णालीका छ र सुदूरपश्चिमका पाँच जिल्लामा अधिवशेन हुन गइरहेका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले  जानकारी दिए । आयोगका अनुसार उदयपुर, सोलुखुम्बू, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, दोलखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), मुगु, जुम्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुनेछ । आयोगका प्रमुख केसीका अनुसार जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गर्न प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति…
Read More
हेटौंडा घोषणापत्र जारी गर्दै सकियो पत्रकार महासंघ बागती प्रदेशको मिडिया सम्मेलन तथा साधारण सभा

हेटौंडा घोषणापत्र जारी गर्दै सकियो पत्रकार महासंघ बागती प्रदेशको मिडिया सम्मेलन तथा साधारण सभा

हेटौँडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको मिडिया सम्मेलन तथा पाँचौँ साधारणसभा ‘हेटौँडा घोषणापत्र–२०८३’ जारी गर्दै सम्पन्न भएको छ। सम्मेलन तथा साधारणसभाले पत्रकारिता क्षेत्रका समसामयिक चुनौती, प्रेस स्वतन्त्रता, सञ्चारमाध्यमको प्रवर्द्धन तथा सञ्चारकर्मीको पेशागत सुरक्षासम्बन्धी १२ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो। सम्मेलनबाट पारित घोषणापत्र नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरले बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज अधिकारीलाई हस्तान्तरण गरेका छन्। सो अवसरमा मिडिया सम्मेलनका क्रममा उठेका विभिन्न विषय, सञ्चार क्षेत्रका समस्या तथा पत्रकारका सरोकारका मुद्दाबारे मन्त्री अधिकारीलाई जानकारी गराइएको थियो। घोषणापत्रमा संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा, लोकतन्त्र, मानव अधिकार, पत्रकारको पेशागत हित…
Read More
सुनको भाउ आज तोलामा ८ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा ८ हजार २०० रुपैयाँले घट्यो

काठमाण्डौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा आठ हजार २०० र चाँदी ३३५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज भाउ घटेर सुन तोलाको ३ लाख ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रबार सुनको भाउ तोलाको ३ लाख ९ हजार रुपैयाँ थियो । आज चाँदी तोलाको चार हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रबार चाँदी तोलाको पाँच हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।
Read More
पहाडी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षा : तराईमा गर्मी बढ्ने

पहाडी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षा : तराईमा गर्मी बढ्ने

काठमाण्डौं । देशका पहाडी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना छ । पहाडी र हिमाली क्षेत्रमा मौसम बदली भई केही दिन पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर देशको तराई क्षेत्रमा भने तातो हावा चल्नेछ । तातो हावाले अत्यधिक गर्मी बढ्ने महाशाखाले जनाएको छ । अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका धेरैजसो हिमाली तथा पहाडी भागमा बदली छ भने तराईमा आंशिक बदली छ । आज कोशी प्रदेशका केही ठाउँ, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै ठाउँमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशमा अबका केही दिन मध्यम वर्षा हुने अनुमान…
Read More
पोखरा बसपार्क निर्माणका लागि स्थानीयले आफैँ संरचना हटाउन शुरू गरे

पोखरा बसपार्क निर्माणका लागि स्थानीयले आफैँ संरचना हटाउन शुरू गरे

काठमाण्डौं । पोखरा महानगरपालिकाको बसपार्क क्षेत्रमा अतिक्रमण गरी बनाइएका घर तथा अन्य भौतिक संरचनाहरू स्थानीयबासीले स्वतःस्फूर्त रूपमा हटाउन थालेका छन् । महानगरपालिकाले त्यस क्षेत्रका संरचना हटाउन दिएको १५ दिने सूचनाको समयसीमा यही २४ गते सकिँदै गर्दा स्थानीयले आफ्ना संरचनाहरू आफैं हटाउन शुरू गरेका हुन् । व्यवस्थित बसपार्क निर्माणको योजनालाई सहयोग पुर्‍याउने उद्देश्यले स्थानीय जग्गाधनीहरूले घर टहरा भत्काउने र आफ्ना सामानहरू सुरक्षित स्थानमा सार्ने कार्य गरिरहेका छन् । विगतमा १ लाख ५० हजार रुपैयाँमा लालपुर्जा प्राप्त गरेका स्थानीय बासिन्दाले विकासका लागि महानगरलाई सहयोग गर्नुपर्ने र बसपार्क निर्माणका लागि सहज वातावरण तयार गर्नु आफूहरूको समेत जिम्मेवारी रहेको बताएका छन् । महानगरको सूचनाअनुसार…
Read More
आज पनि पश्चिम तराईमा चर्को गर्मी

आज पनि पश्चिम तराईमा चर्को गर्मी

काठमाण्डौं । आज पनि पश्चिम तराईमा चर्को गर्मी भएको छ । केही दिनदिने लागातार गर्मी भइरहेको पश्चिम तराईमा पछिल्लो २४ घण्टामा पानी परेको छैन । पछिल्लो २४ घण्टामा सामान्यदेखि मध्ययमसम्म वर्षा भएको पुर्वी तराईमा भने तुलनात्मक रूपमा केही शितल महसुस भएको छ । मौसम पूर्वानुमान् महाशाखाले आज सुदुरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा गर्मीको चेतावनी दिएको थियो । यस्तै महाशाखाले भोलि र पर्सि मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही ठाउँहरुमा तातो दिन हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार ती क्षेत्रको अधिकतम तापक्रम ३८ डिग्री सेल्सिअस वा त्यस भन्दा बढी रहने सम्भावना छ । विश्व स्वास्थ्य…
Read More
बाढीले अवरुद्ध खोटाङको दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालन

बाढीले अवरुद्ध खोटाङको दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालन

काठमाण्डौं । बाढीका कारण अवरुद्ध भएको खोटाङको दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ पङ्खुखोलामा आएको बाढीले सडक अवरुद्ध थियो । मध्य पहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकमा अस्ति शुक्रबार वर्षापछि बाढी आएको थियो । पङ्ख खोलाभन्दा माथिबाट आएको लेदोसहितको बाढीले झण्डै २५ मिटर सडक बिग्रेको थियो । अवरुद्ध सडक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक, जिल्ला प्रहरी कार्यालय खोटाङ र स्थानीयवासीको पहलमा खुलेको हो । सडक खुलेपछि भोजपुरबाट दिक्तेल हुँदै काठमाण्डौ र काठमाण्डौबाट दिक्तेल हुँदै भोजपुरतर्फ जाने गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी…
Read More
नेपाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा

नेपाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा

काठमाण्डौं । पाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आज भएको पहिलो सेमिफाइनलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो । बिहान सिंगापुरको नेश्नल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९ ओभर २ बलमा दुई विकेट गुमाएर भेट्टायो । नेपालको जितमा लोकेश बमले अविजित ४४ र कप्तान रोहित पौडेलले २१ रन बनाए । त्यस्तै कुशल भुर्तेल २० रन बनाएर आउट भए । ओमानका समीर ओटमनले नेपालका दुवै विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमान १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ९४ रनमा अलआउट भयो । ओमानका कप्तान…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.