Alag Dhar

नेपाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा

काठमाण्डौं । पाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

आज भएको पहिलो सेमिफाइनलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो । बिहान सिंगापुरको नेश्नल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९ ओभर २ बलमा दुई विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा लोकेश बमले अविजित ४४ र कप्तान रोहित पौडेलले २१ रन बनाए । त्यस्तै कुशल भुर्तेल २० रन बनाएर आउट भए । ओमानका समीर ओटमनले नेपालका दुवै विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमान १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ९४ रनमा अलआउट भयो । ओमानका कप्तान सफ्यान मेहमुदले सर्वाधिक ३८ रन बनाए भने जुबैर अल बलुशीले २२ र अब्दुल जाइलले १६ रन जोडे ।

नेपालका करण केसीले तीन विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई/दुई तथा शाहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए । जीतसँगै नेपाल उपाधिनजिक पुगेको छ । उपाधिका लागि नेपालले हङकङ र मलेसियाबीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।

मुख्य समाचार

रास्वपा मकवानपुरको सभापतिमा सञ्जीव पाठक

रास्वपा मकवानपुरको सभापतिमा सञ्जीव पाठक

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ । शनिबार हेट...
यी २८ जिल्लामा रास्वपाकोअधिवेशन आज हुँदै

यी २८ जिल्लामा रास्वपाकोअधिवेशन आज हुँदै

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ जिल्लामा पहिलो अधिवेशन गर्दैछ । कोशी प्रदेशका चार, मधेसका...
हेटौंडा घोषणापत्र जारी गर्दै सकियो पत्रकार महासंघ बागती प्रदेशको मिडिया सम्मेलन तथा साधारण सभा

हेटौंडा घोषणापत्र जारी गर्दै सकियो पत्रकार महासंघ बागती प्रदेशको मिडिया सम्मेलन तथा साधारण सभा

हेटौँडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको मिडिया सम्मेलन तथा पाँचौँ साधारणसभा ‘हेटौँडा घोषणापत्र–२०८३’ जारी गर्दै सम्...
सुनको भाउ आज तोलामा ८ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा ८ हजार २०० रुपैयाँले घट्यो

काठमाण्डौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा आठ हजार २०० र चाँदी ३३५ रुपैयाँले ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.